Rashtriya Dainik

लायन्स क्लबद्वारा सरावल ४ काे मदरसामा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित मदरसा इस्लामीया हबिबुल ओलुममा शैक्षिक सामाग्री वितरण गरिएको छ।

लायन्स क्लबद्वारा मदरसाका विद्यार्थीहरुलाई स्विटर ,कपि , कलम, पेन्सिल , झाेला लगाएतकाे शैक्षिक सामाग्री वितरण गरिएको हाे ।

साे मदरसामा लुम्बिनी प्रदेशसभा सदस्य बिश्वप्रेम पाठक र लायन्स क्लबका पदाधिकारी पुगि जाडाेबाट वच्न स्विटर र विद्यार्थीहरुलाई पठनपाठनमा सहजताकाे लागि शैक्षिक सामाग्री वितरण गर्नु भएको हाे।

कार्यक्रम काङ्ग्रेस नेता जन्मेजय यादव, जहिर खान , काङ्ग्रेस सरावल सभापति महेन्द्र चाैधरी ,निवर्तमान वडा अध्यक्ष छाेटेलाल यादव , शिक्षक सरवन सहानी , फिराेज खान लगाएतकाे उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित