काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।
अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो । महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले जानकारी दिए ।
०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएकाले गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन् ।
यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए । श्रीमती चौधरी अहिले संघीय सरकारको मन्त्री समेत छिन् ।
पूर्वसांसद रेशम गत जेठमा रिहा भएपछि पार्टी संगठनमा सक्रिय भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

