Rashtriya Dainik

सरावलमा निशुल्क एकीकृत स्वास्थ्य शिबर,३५९ जना लिए सेवा

उमेश बि.क / नवलपरासी ,२७ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा निशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सरावल गाउँपालिकामा भएको निशुल्क एकीकृत स्वास्थ्य शिविरमा ३५९ जना स्थानीयले सेवा लिएका हुन ।

सरावल गाउँपालिका स्वास्थ्य शाखाकाे आयोजनामा भएको शिबिरमा ३५९ जना चेकचाक गराएका छन भने १७ जनाले सर्जिकल सेवा लिएका छन। त्यस्तै ३४२ जनाले मेडिकल सेवा , ३ जनाकाे पाइल्स अपसेसन , ३ जना सिष्टकाे र ४ जनाकाे हाइड्रोसिल अप्रेसन भएको सरावल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटाले जानकारी दिनुभयाे।

चेकजाँच र अप्रेसन गरिएको बिरामीहरूई निशुल्क औषधी वितरण समेत गरिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयाे।

स्वास्थ्य शिबर अनुगमन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाभित्रका स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो। गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष चाैधरीले रोग लागेर सहयोग गर्नुको साटो पालिकाबासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न शिविर र निशुल्क चेकजाँच कार्यक्रम हुदैन आएको बताउनुभयो ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट सर्जन डा. प्रेम पौडेल , क्रिम्सन अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. रणधिर यादव , मेडिकल अधिकृत डा.अनिस गुप्ता लगायत सरावल गाउँपालिका अन्तर्गत स्वास्थ्याकर्मीहरुबाट सहभागीहरुको स्वास्थ्य परिक्षण एवं उपचार गरिएको थियो ।

आफ्नै पालिकामा सञ्चालन भएको निशुल्क शिविरमा स्वास्थ्य परिक्षण गर्न पाउँदा स्थानीय खुशी ब्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित