राष्ट्रिय दैनिक / नवलपरासी ,२७ पुस
काङ्ग्रेसका युवा नेता ब्रम्हानन्द लाेहार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रबेश गरेका छन ।
काङ्ग्रेसको आन्तरिक कलह र पार्टी भित्रको निराशताको कारण उनी काङ्ग्रेस पार्टी छोडेको स्रोतले बताएको छ। उनी प्रभावशाली सामाजिक ब्यक्तिको रुपमा उदायमान युवा नेताको रुपमा पाल्हिनन्दन गाउँपालिकाभित्र आफ्नो छवि बनाउन सफल छन ।
आर्थिक,सामाजिक र राजनीतिक रुपमा उनी पाल्हिनन्दन गाउँपालिकाकाे सम्भावित बलियो उम्मेद्दवार हुन सक्ने अनुमान छ । 
पश्चिम नवलपरासीको पाल्हिनन्दन ३ कुस्मा घर रहेको युवा नेता लाेहार काङ्ग्रेसको प्रदेश प्रतिनिधि रहेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

