Rashtriya Dainik

एक दिवसिय कानुनी साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । टोखा नगरपालिकाको एक मात्र क्रियाशील महिला संगठन नेवाः मिसा दबू टोखानगर कमिटीद्वारा अ‍ायोजित एक दिवसिय कानुनी साक्षरता कार्यक्रम पौष २६ गते बिहिबार सम्पन्न भएको छ ।

पिडितको अ‍ाधार कानुनी उपचार भन्ने मुल नाराका साथ टोखाको अग्रणी संस्था बालप्रेमी खेल्कुडमण्डल सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष रमेश डंगोलले ‘नेपालमा कानुनी व्यवस्था १९१० बाट सुरु भएको कानुन सबैले परिपालना गर्नु पर्ने तथा मानव समाजलाई समान रुपमा हकअधिकारको प्रत्याभुत गराउन, समाजमा अमानविय गतिविधि रोक्न, अमनचैन गराउन, महिला हत्या हिंसा अन्त्य गर्न, समाजमा बालबालिका, बृद्धा लगायतका अवस्था आइपर्ने बाधाअद्चन, झैझगडा लगायतका समस्याहरुको समाधान गर्नका लागि कानुनको बिकास भएको जनाए ।

नेवाः मिसा दबुको उपाध्यक्ष हिरा देवी डंगोलले नेवाः मिसा दवु टोखा नगरकमिटीले आफ्नो स्थापना कालदेखिनै पोषण शिविर संचालन तथा वडा स्तरीय बृहत सरसफाई कार्यक्रम अ‍ायोजना जनाइन् ।
उपाध्यक्षा डंगालले ‘कानुनी ज्ञानको अभावमा नगरबासी अ‍ामाबुबा, दाजुभाई ,दिदीबहिनीहरुले अत्यन्तै झैझेमेला सामना गरि रहनु परिरहेको अन्त्य गर्न पर्ने जनाउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य राखेको थियो ।

नेवाः देय् दबु काठमाडौं जिल्ला सदस्य रविना श्रेष्ठले महत्त्वपूर्ण कार्यक्रम अ‍ायोजना गरेकोमा नेवाः मिसा दवु टोखा नगर कमिटीलाई बधाई दिदै , अ‍ाफ्नो मनमा रहेका कानुन सम्बन्धि जिज्ञासा बिना हिच्किचाहत सोध्न अनुरोध गरिन् ।

कानुनी साक्षात्कार कार्यक्रमकी प्रशिक्षक सुशीला श्रेष्ठले अ‍ाधारभुत कानुनका बारेमा सहभागीहरुलाई प्रसिक्षण दिन महत्त्वपूर्ण अवसर दिएकोमा नेवाः मिसा दबु टोखा नगर कमिटीलाई दिइन् ।

सो कार्यक्रममा अतिथिका रूपमा वडा जनप्रतिनिधि एवम् नगर कार्यपालिका सदस्य शान्ता राई, जनप्रतिनिधि देवी माया नेपाली, अतिथिका रुपमा महाकाव्यकार एवम् नेपालभाषा अभियान्ता प्रशान्त डंगोल पुर्व टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल लगायतको गरिमामय उपस्थिति जनाएको थियो ।

सभापति सुमिता डंगोलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सफल पार्न अह्रोरात्र खत्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद अ‍ाभार प्रकट गरि समाज रुपान्तरण गराउने कार्यक्रम अगामी दिनमा गर्दै जाने बाचा व्यक्त गरिन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित