Rashtriya Dainik

मायाँदेवी गाउँपालिकामा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

कपिलवस्तु, पुस २७ गते

इन्सेकसंग आवद्ध मानव अधिकार समूह मायाँदेवीको आयोजना तथा मायाँदेवी गाउँपालिकाको सहयोगमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी पुस २६ गते सम्पन्न भएको छ । कार्याशाला गोष्ठिमा गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । गाउँपालिकालाई सौन्दर्य र समृद्ध गाउँपालिका बनाउन गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै स्थानीय तहलाई खबरदारी गर्दै वातावरण सङ्रक्षण गर्नु सबैको दायित्व भएकोले बताउनु भयो ।

वातावरण अधिकार सम्बन्धि नीती पालिकाले बनाएको छैन पालिकाको हिंउदे अधिबेशनमा नीती बनाउनका लागि योजना पेश गर्ने अध्यक्ष मुसलमानले बताउनु भयो । मायाँदेवी गाउँपाकिालाई सौन्दर्यीकरण गर्न पालिकाले बृक्षारोपणको कार्यक्रम राखेको छ भने सरसफाई र फोहोर व्यवस्थापनको लागि ८ वटा वडाका बिभिन्न टोलहरुमा डस्टविन बितरण गरिएको छ । नागरिकहरुले डस्टविनको प्रयोग नगर्दा फोहोर यत्रतत्र देखिएको समेत बताउनु भयो ।

शिक्षामा सुधार ल्याउन शिक्षक , बिद्यार्थी , अभिभावक र बिद्यालय व्यवस्थापन समिती जागरुक हुनुपर्नेमा जोडदिनुभयो । गाउँपालिकाले शिक्षालाई सुधार गर्न करिव अढाई करोड बजेट बिनियोज गरेको छ । बिभिन्न चरणमा शिक्षकको आवश्यकताको सुचना प्रकाशन गरी स्वयंम सेवक शिक्षकहरु नियुक्ति गरिएको गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताउनु भयो । पालिकाको कुल बजेटको ६० प्रतिशत भौतिक पूर्वाधारमा र ४० प्रतिशत बजेट सामाजिक क्षेत्रको कार्यक्रमहरु संचालन गर्न वडाहरुलाई निर्देशन दिईएको अध्यक्षको भनाई छ ।


इन्सेक मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले पालिकाका बिभिन्न समस्याहरुलाई पहिचान गरी सचेतीकरण गर्दै आउनु आफैमा महत्वपूर्ण भएको बताउनु भयो । मानव अधिकार समूहले संचालन गर्दै आएको शिक्षा , स्वास्थ्य , लैगिंक हिंसा , दाईजो प्रथा , सरसफाई र जातिय विभेद लगाएतका अभियानहरु संचालन गर्दा पालिकाको सहयोग समन्वय रहने प्रतिवद्धता जनाउनु भयो । साथै पालिकाले गरेका कार्यहरु र सेवाहरुको बिषयमा मानव अधिकार समूहले अनुगमन गरि सुझाव दिन समेत अनुरोध गर्नुभयो ।
यस्तै स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादवले सम्पूर्ण स्वास्थ्य चौकीहरुमा औषधी व्यवस्थापनको लागि टेण्डर प्रक्रियाबाट औषधीहरुको व्यवस्थापन गरिएको बताउनु भयो । हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा देखिएका समस्याहरुको समाधान प्रति पालिका र स्वास्थ्य शाखा लागि परेको छ । पालिकाका दुई बर्थिग सेन्टरलाई व्यवस्थित गर्न लागि परेको र सबै सेवासुविधाहरु यहाँ देखि दिन सके सेवाग्राहीहरुलाई बुटवल भैरहवा जान नपर्ने प्रमुख यादवले बताउनु भयो । पालिकाले निशुल्क एम्बुलेन्सको सेवा दिएको छ । आफ्नो वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य जाँच गराउन समेत सम्पूर्णलाई आग्रह गर्नुभयो । मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले संचालन गर्ने अभियानहरुमा स्वास्थ्य शाखालाई उपस्थित गराउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश स्तरिय बाल अधिकार संजालका अध्यक्ष राज कुमार धोवीले वातावरण र सरसफाईमा स्थानिय सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोडदिनुभयो । पकडी चौकमा फाहोर व्यवस्थापनको लागि पालिकाले डस्टविनको व्यवस्थापन गर्नुपर्ने र गुणस्तरिय शिक्षा र प्लाष्टिक नियन्त्रणका लागि वडा र गाउँपालिका संवेदनसिल हुनुपर्नेमा जोडदिनु भयो ।
मानव अधिकार समूहका सचिव सुन्दरी चौहानले सरकारले निशुल्क दिने औषधीहरु पूर्ण रुपमा स्वास्थ्य चौकीहरुमा नभएको पालिका स्वास्थ्य शाखा प्रमुखलाई ध्यानाकर्षण गराउनु भयो ।
समूहका सदस्य अजिजुद्धिन मुसलानले वातावरण तथा सरसफाईको लागि पालिकाले बिद्यालय र वडाहरुको बिभिन्न टोलहरुमा अनुगमन गर्न आग्रह गर्नुभयो । आफूले गरेको फोहोर व्यवस्थापन आफैले गर्नुपर्छ भन्ने अभियानलाई पालिकाले तिब्रता दिन जरुरी भएको बताउनु भयो ।

कार्यक्रममा युवा संजाल र किशोरी संजालका प्रतिनिधिहरुले शिक्षा , स्वास्थ्य , वातावरण , सरसफाई , लैगिंक बिभेद , जातिय बिभेद लगाएतको बिषयमा गुनासाहरु राखेका थिए । वातावरण सफा राख्न गाउँपालिकाले नीती बनाई नीती अनुसार पालिकावासीलाई सचेत बनाउनु पर्नेमा जोडदिएका थिए ।
मानव अधिकार समूहका उपाध्यक्ष रिखिराम रैदासको अध्यक्षतामा समूहका कोषाध्यक्ष अब्दुल्लाह मुसलमानको स्वागत मन्तव्य तथा सचिव सुन्दरी चौहानको संचालनमा सम्पन्न वातावरणको अधिकार सम्बन्धि कार्याशाला गोष्ठिमा गाउँपालिकाका सल्लाहकार सरफद्धिन मुसलमान , मानव अधिकार समूहका पदाधिकारीहरु , बाल अधिकार चेतना समूह , युवा संजाल , किशोरी संजाल र शिक्षक लगाएतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्यले उद्देश्यमाथि प्रकाश पार्दै जथाभावि प्लाष्टिक लगाएतका फोहोर फ्याक्दा वातावरण प्रदुषण हुने र मानव जिवनमा असर पर्ने भएको हुँदा फोहोर व्यवस्थापनमा गाउँपालिकाले नीती बनाएर व्यवस्थापन तर्फ लाग्नुपर्नेमा जोडदिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित