नवलपरासी , २७ पुस
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको १४ औं गाउँ सभा बिहिवार सम्पन्न भएको छ ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादव(रुदल)को बिशेष अतिथ्यतामा १४औं गाउँ सभा सम्पन्न भएको हो ।

सभाको पहिलो बैठकमा सुस्ता गाउँपालिकाको शिक्षक तथा बिधालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको ब्यवसाय दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको कृषि तथा पशुपालन कृषक समिति दर्ता तथा नवीकरण सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन कार्यबिधी २०८०,सुस्ता गाउँपालिका खेलकुद बिकास समिति गठन तथा संचालन सम्बन्धि कार्यबिधी २०८०,सुस्ता गाउँपालिकाको आर्थिक सहायता सम्बन्धि कार्यबिधी २०८० र अध्यक्ष शिक्षित रोजगार कार्यक्रम संचालन कार्यबिधी २०८० गरि ७ वटा कार्यबिधी पेश भएको छ भने पेश गरिएको कार्यबिधीको सभाका सदस्यहरुले थप अध्ययन गरि आउदो माघ १० गतेको बैठकबाट पास हुने भएको छ ।

सभाको सदस्य एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रमको प्रगति प्रतिबेदन सभामा पेस गरेकी थिइन र पालिका कि उपाध्यक्ष चौधरीले पेश गरेको कार्यक्रमको प्रगति प्रतिबेदन सभाको प्रहिलो बैठकले पास गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

