राष्ट्रिय दैनिक / नवलपरासी ,२६ पुस
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकाे भुमहीमा ३ दिने ‘सुनवल युवा सम्मेलन’ सुरु भएको छ।
बेद सिर्जनशिल संस्थाको आयाेजना तथा लुम्बिनी प्रदेश र विभिन्न निकायकाे समन्वय सहकार्यमा संस्थाका अध्यक्ष यमन भण्डारीकाे अध्यक्षता एवं लुम्बिनी प्रदेशकाे गृहमन्त्री सन्तोष कुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा बिहीबार देखि सुरु भएको हाे।

युवा सम्मेलन लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले एक समारोहका बीच उद्घाटन गर्दै भविष्यको कुरा गर्ने वर्ग नै युवा भएको बताउनुभयो । वहाँले युवाहरुलाई रचनात्मक कसरी बनाउने भन्ने नै अहिलेको चुनौती रहेको औल्याउदै सरकारले युवाहरुलाई आबश्यक साथ र सहयोग प्रदान गर्ने बताउनुभयो । राज्यमा हरेक निकायमा युवाहरूलाई अर्थपुर्ण सहभागिताका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको बताउनुुहुँदै “सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न आग्रह गर्नुभयो ।” युवाका समस्या समाधान गर्ने उपाय खोजी गर्न सम्मेलन उपयोगी हुने प्रदेशसभा सदस्य बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।

‘सुनवल युवा सम्मेलन’काे उदघाटन समारोहमा रामग्राम नगरपालिका उपमेयर सम्झना चाैधरी ,लुम्बिनी प्रदेश, प्रदेश युवा परिषद्काे कार्यकारी उपाध्यक्ष गोबिन्द ब. खंत्रीक लगाएतले भविष्यको कुरा गर्ने वर्ग नै युवा भएको बताउदै युवाहरुलाई रचनात्मक कसरी बनाउने भन्ने नै अहिलेको चुनौती रहेको औल्याउनु भएको थियो ।
युवाहरुलाई रोजगारउन्मुख बनाउन उत्प्रेरणा जगाउन, युवाहरुलाई व्यवसायिक तथा उद्यमशिल बन्न प्रेरित गर्ने, युवाहरुको अवसर र चुनौती विश्लेषण गर्न राज्यले खेल्ने भुमिकाका बारेमा विभिन्न निकायलाई जानकारी गराउन ध्यानाकर्षण गराउने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेयले बताउनुभयाे ।

सम्मेलनमा सुनवल नगरपालिका , रामग्राम नगरपालिका र सरावल गाउँपालिका सयभन्दा बढी युवाहरूको सहभागिता रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

