Rashtriya Dainik

क्रान्तिकारी महिला संगठन दिब्यनगर टोल ईकाई समिति गठन

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल क्रान्तिकारी महिला संगठन बर्दघाट–४ दिब्यनगर टोल ईकाई समिति गठन गरिएको छ । विहीवार दिब्य नगर टोलमा भएको एकता भेलाले कमला थापाको अध्यक्षतामा ९ सदस्सीय टोल ईकाई समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा तुल्सी गुरुङ, सचिवमा कुश्मा राना,कोषाध्यक्षमा माया पुन र सदस्यहरुमा शोभा विश्वकर्मालगायत रहनुभएको छ । भेलाले क्रान्तिकारी महिला संगठनको आउदों शनिवार (पौष २८) गते हुने एकता भेलालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष कमला थापाले जानकारी गराउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य रवि पाण्डेयले पितृसत्तात्मक राज्यसत्ताका बिरुद्ध संर्घषको बिकल्प नभएको बताउनुभयो । सो पार्टीका जिल्ला संयोजक समेत रहनुभएका पाण्डेयले दलाल संसदीय ब्यवस्थाले जनतालाई सास्ती दिएकोले संसदीय ब्यवस्था खारेजी गरेर जनगणतन्त्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) जिल्ला संयोजक मुक्तमाया महत्तो, नेतृ लक्ष्मी घिमिरेलगायतको आतिथ्यता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित