Rashtriya Dainik

संकल्प सहकारीको १५ औं साधारणसभा सम्पन्न

नवलपरासी : संकल्प बहुउद्देशिय सहकारी सस्था लि. बर्दघाटको १५ औ साधारणसभा बिहीवार सम्पन्न भएको छ ।

सभाले बिगतको समिक्षा गर्दै आगामी कार्य योजना पारित गरेको छ । सभाले अध्यक्ष छबिलाल खरेल , लेखा संयोजक रवि पान्डेय र कोषाध्यक्ष भिमादेवी अधिकारीले प्रस्तुत गरेको प्रतिबेदन व्यापक छलफलद्वारा पारित गरेको सचिव बिश्बेश्वर पटेलले जानकारी दिनुभयो ।

सभाको उदघाटन सत्रमा प्रमुख अतिथि रास्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रवन्धक परिक्षित ठकुरी , सल्लाहकार चुडामणि भन्डारि , सुर्य गङ्गा साकोसका अध्यक्ष हरिरन्जन पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम सस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता उपाध्यक्ष मुक्तमाया महतोको स्वागत बोल्गा नेपालको संचालनमा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित