वीरगन्ज, २६ पुष
पर्सा प्रहरीले भारतबाट अवैधरुपेले ल्याएको लत्ताकपडाहरु बरामद गरेको छ।
प्रहरीले भन्सार छलि गरि ल्याई एक बोर्डिङ स्कूलमा सटोक गरि राखिएको लत्ताकपडा ठुलो मात्रामा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लो तल्लाको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याई राखेको लत्ताकपडाहरु पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।

त्यसैगरी पक्राउ गरेको पुजा थान कपडा-५७६ थानमा१७२८० मिटर, रेडबुल-४८ पिस, लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरू२० के.जी,लेडिज ब्रा-११५२ पिस, प्लाष्टिकको फुल-७ प्याकेट गरि करिब १६लाख ६७हजार ९०० सय रुपैयाँ बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

