Rashtriya Dainik

बिन्दबासिनीको बन्ध्याकरण शिविरमा कम्बल वितरण

पर्सा, २६ पुस

पर्साको बिन्दबासिनी गाउँपालिकाको सहयोगमा बहुवर्वा स्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित निशुल्क परिवार नियोजन / बन्ध्याकरण शिविरमा परिवार नियोजन गराउने महिलालाई कम्बल वितरण गरिएको छ ।

सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन/ बन्ध्याकरण गराइसकेका २९ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गर्नु भएको पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले बताउनु भयो ।


उक्त विद्यालयमा संचालित निशुल्क परिवार नियोजन/बन्ध्याकरण शिविर भोलि सम्म चल्ने संयोजक चौहानले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित