Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा निशुल्क जिप ,कार ड्राइभिङ तालिम सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा हलुका सवारी (जीप, कार, डेलीभरी भ्यान ( B-type) चालक तालिम तालिम सुरु भएको छ।

सरावल गाउँपालिकाको गाउँसभाबाट आ.व. २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीमा जानेहरुका लागि सीप विकास तालिम कार्यक्रम मार्फत तालिम आज एक कार्यक्रम बिच पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले उदघाटन गर्नुभएको हाे।

तालिम उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले बेरोजगार युवालाई लच्क्षित गर्दै विदेशबाट फर्किएका तथा कतिपय गाउँमै बसिरहेका युवाहरुलाई सीप सिकाई राेजगारमा सृजना गर्नकाे लागि तालिम सुरुवात गरेको बताउनुभयो । यस तालिमले बेरोजगारीको दर घटाउन मद्दत गर्ने चाैधरीकाे भनाई रहेको थियो । तालिम अवधिभर सक्रिय रुपमा सहभागि भई सिप सिक्न तालिमका सहभागिहरुलाई उहाँले आग्रह गर्नुभयो।


प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राकाे अध्यक्षतामा भएको ड्राइभिङ तालिममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी ,याेजनाशाखा प्रमुख ईश्वरी प्रसाद खनाल , लेखापाल नरेश काेहार , प्रशासनशाखा प्रमुख देशकान्त बस्याल , लघु उद्यम प्रमुख राजन बस्याल लगाएतकाे सहभागीता रहेको राेजगार सेवा केन्द्र प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो ।

तालिममा सरावल गाउँपालिका १ देखि ७ सम्ममा करिब २१ जनाकाे सहभागीता रहने राेजगार सेवा केन्द्र प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित