उमेश बि.क / नवलपरासी ,२६ पुस
चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले चाेक चाैरहा एवं विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्ने लगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेपछि दाउरा बितरण गर्न सुरुवात गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।
बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरुप सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मकाे बजारका चोकचोकमा दाउरा वितरण गरिएकोे पालिका अध्यक्ष चाैधरीले बताउनुभयो ।

पालिका अध्यक्ष चाैधरीले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आजदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिनुभयो ।
मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले बताउनुभयो ।

दाउरा पाउनसाथ स्थानीय खुशी ब्यक्त गरेका छन। शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका , गर्भवती महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

