आरपी उपध्याय / नवलपरासी २६ पौष
साना किसान कृषि सहकारी संस्था लि. विनयी त्रिवेणी ७ शिवपुरगढी पुर्वी नवलपरासीको २७ औं वार्षिक साधारणसभा विहीबार लक्ष्मीपुरमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सरस्वती देवी बस्नेतको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा प्रमुख अतिथी समेत रहनुभएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सहकारी संस्थाहरुले आर्थिक गतिविधिलाई पारदर्शी रूपमा सेयर सदस्य केन्द्रित गतिविधि गर्नुपर्ने बताउदै वित्तीय क्षेत्रमा देखापरेका चुनौतीलाई सहकारी नीति र भावना अनुसार कार्य गर्नुपर्ने जिकिर गर्नुभयो।
सो अवसरमा अध्यक्षको प्रतिवेदन अध्यक्ष बस्नेतले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक हिरालाल चौधरीले प्रस्तुत गर्नुभएको थियो। 
साधारणसभामा साना किसान,लघु वित्त बैंक बुटवल शाखाका प्रबन्धक गणेश प्रसाद भट्टराई, विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,संस्थाका संस्थापक सदस्य श्री प्रसाद ज्ञवाली, लेखा समितिका पुर्व संयोजक अदम बहादुर थापा,सल्लाहकार समितिका सदस्य डिल्लीराम काफ्ले,सञ्चालक सदस्य रुपादेवी थापा लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नुभएको थियो।
संस्थाले गत आर्थिक वर्षमा १ करोड ४१ लाख शुद्ध नाफा गर्न सकेको संस्थाकी प्रबन्धक सरीता शर्माले जानकारी दिनुभएको छ।
कार्यक्रममा उत्कृष्ट सेयर सदस्य,जेष्ठ नागरिक सम्मान र उत्कृष्ट बाल बचतकर्ताहरुलाइ पनि दोसल्ला ओढाइ कदरपत्र सहित सम्मान गरिएको थियो।
साधारणसभामा उत्कृष्ट अन्तरसमुहलाई पनि दोसल्ला ओढाइ कदरपत्र सहित सम्मान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
विनयी त्रिवेणी र सुस्ता गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको साना किसान कृषि सहकारी संस्थामा हाल ३१९५ सेयर सदस्य रहेको जानकारी गराइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

