राष्ट्रिय दैनिक / नवलपरासी ,२५ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा स्वास्थ्यकर्मीहरुकाे लागि शीघ्र कुपोषणकाे एकीकृत ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बेस नेपालकाे आयाेजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा पाेषण मार्फत जीवन रुपान्तरण परियोजना मार्फत अभिमुखिकरण गरिएको हाे।
शीघ्र कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको जीवन रुपान्तरण परियोजना म्यानेजर शालिग्राम पाेखरेलले जानकारी दिनुभयो ।

अभिमुखिकरणको उद्घाटन गर्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बालबालिकामा हुने कुपोषणको न्युनीकरण गर्नुपर्ने बताउनुभयो । वहाँले तालिममा सिकेका सिप तथा व्यवहारलाई कार्यक्षेत्रमा लागू गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिँदै कुपोषणको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
अभिमुखिकरणमा बहुक्षेत्रीय पोषण योजना , मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खाना, व्यवहार परिवर्तन, सुक्ष्म पोषक तत्व, आयोडिन नुनको प्रयोग, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको थियो ।
अभिमुखिकरणमा सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्वास्थ्यकर्मीहरुकाे सहभागीता रहेको बेेस नेपालकाे सहजकर्ता राधा चाैधरीले बताउनुभयो ।

अभिमुखिकरणकाे सहजिकरण हेलेन केलर इन्टरनेसनल कार्यक्रम ब्यवस्थापक राजन मण्डलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

