Rashtriya Dainik

सखुवाप्रसौनीको १२ औं गाउँसभा आज देखि शुरु

राजन कुमार बानिया / पर्सा, २५ पुस

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको १२ औं गाउँ सभा आज देखि शुरु भएको छ।

सखुवाप्रसौ गाउँपालिकाको हिउदे गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष जसवन्त यादवले पानसबतीमा दिप बालेर उद्घाटन गर्नु भएको थियोे ।

भोलि सम्म चलने गाउँ सभामा बजेट अर्धबार्षिक समीक्षा र २०८०/८१ को बजेट संशोधन प्रस्तावमा छलफल गरिने कार्यक्रम रहेको गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राजेश प्रसाद रौनियारले जनाए का छन।गाउँ सभा कार्यक्रममा उपाध्यक्ष शर्मिला बिस्ट महतो,वडा अध्यक्ष बासदेव महतो थारु,चिरंजीबि महतो थारु,मोजामिल अन्सारी,आरिफ मियाँ ,अशेषर प्रसाद यादव,मुन्ना प्रसाद लगायत कार्यपालिका सदस्य ,गाउँपालिका सदस्य , गाउसभा सदस्य ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित