नवलपरासी ,२५ पुस
ब्राह्मण समाज नेपाल नवलपरासीद्वारा माघको ८ गते जिल्लाको सदरमुकाम परासीमा भजन,कृर्तनका साथ र्याली कार्यक्रमको आयोजना गरेको छ । बुधबार आज सरावल गाउँपालिका वडा नं. १ बासामा बसेको ब्राह्मण समाजको प्रथम बैठकले उक्त निर्णय गरेको समाजका जिल्ला अध्यक्ष गिरीराज पाण्डेयले बताउनु भएको छ ।
पाण्डेको अध्यक्षतामा बसेको बैठकबाट विभिन्न विषय बस्तुहरुमा छलफल गरिदै कार्यसमितिले ३ वटा निणर्य गरेको हो । जसमा आउने २२ जनवरी २०२४ माघको ८ गतेका दिन भारतको अयोद्य्यामा रहेको राम मन्दिरमा रामको प्राणप्रतिस्ठान हुने उपलक्ष्यमा नवलपरासीका बाह्मण समाजले परासीमा भजन,कृर्तनका साथ र्याली कार्यक्रमको आयोजना गरेको हो । साथै सोहि दिन बेलुकि जिल्लामा रहेका मठ, मन्दीरहरुमा दिप प्रज्वलनका साथ पुजा पाठ गर्ने अध्यक्ष पाण्डेयले जानकारी दिनु भएको छ । उहाँले भारतको उत्तर प्रदेश राज्यमा रहेको फैजाबाद जिल्ला सरयू नदीको तटमा रहेको अयोध्या हिन्दुहरूको प्राचीन र सात पवित्र तीर्थस्थलहरूमध्ये एक रहेको बताउनु भयो ।
यसै गरि जिल्लामा ब्राह्मण समाजको अभिलेख नरहेकाले अभिलेख राख्ने निर्णय गरिईएको साथै नवलपरासीमा रहेका सातै पालिकालाइ गतिशिल बनाउदै समाजका हकहितका लागि ब्राह्मण समाज गठन हुने पाण्डेले बताउनु भयो ।
माघको ८ गते हुने र्यालीमा सबैलाइ सहभागिताको लागि पनि आग्रह समेत समाजका अध्यक्ष पाण्येले गर्नु भएको छ । उक्त अवसरमा समाजका केन्द्रिय सचिव राधिका न्यौपानेलाई स्वागत सम्मान गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

