Rashtriya Dainik

सरावलमा रोजगार संवाद मञ्चकाे सन्चालन एवं बैठक ,पालिकाले राेजगार बैंक सन्चालन गर्ने

उमेश बि.क / नवलपरासी ,२५ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सभाहलमा रोजगार शाखाको आयोजनामा आज रोजगार संवाद मञ्चकाे सन्चालन एवं बैठक सम्पन्न भएको छ।

रोजगार संवाद मञ्च सन्चालन एवं बैठकमा रोजगारीका सम्भावनाहरु, रोजगारका समस्याहरु , रोजगारीका चुनौतिहरु र अगामी दिनमा कसरी सुदृढीकरण गरी लैजाने विषयहरुमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

छलफलमा रोजगारीका सम्भावनाहरु , कृषि आधुनिकिकरणमा जोड दिनुपर्ने, प्राविधिक शिक्षामा लगानि गरी दक्ष प्राविधिक उत्पादन गरीने, घरेलु तथा साना उद्योगहरुलाई स्थापना गर्न र स्थापना भएकालाई सहयोग गरीने र अधिकत्तम रोजगारको सृजना हुने छलफल भएको थियो ।

रोजगारी सृजना गर्न नसक्नुका चुनौतीहरु , दक्ष जनशक्ति बैदेशीक रोजगारमा पलायन हुनु, घरेलु तथा साना उद्योगहरुलाई उद्योग सँचालन सम्बन्धी पर्याप्त ज्ञान सिपको अभाव हुनु, स्थानिय ,प्रदेश तथा सँघिय सरकारद्धारा उद्योगीहरुलाई पर्याप्त सहयोग नपुर्याउनु नै मुख्य चुनैतीका विषयहरु रहेको छलफल भएको थियो ।


सरावल गाउँपालिकाले राेजगार बैंक सन्चालन तथा पालिकामै राेजगारकाे सम्भावना र पहल कदमिका लागि राेजगार तर्जुमा नीति निर्माण गरिने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । बेरोजगारहरुलाई कसरी राेजगारसंग जाेड्ने बिषयमा आफू गहन रुपमा लागिरहेको बताउदै आउने आर्थिक बर्षमा नीति निर्माण गरि युवाहरुलाई राेजगारसंग जाेड्ने बताउनुभयो ।


त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले दक्ष जनशक्तिको अभावमा विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै स्थानीय स्तरमै राेजगारकाे वातावरण सृजना गर्न पालिका लागि परेको बताउनुभयो । स्थानीय स्तरमै दक्ष जनशक्ति तयार गरी रोजगारीका अवसर दिनसकेमा सम्बन्धित व्यक्तिको पारिवारिक विकाससंगै समाज विकासमा समेत योगदान पुगी गरिबी निवारण गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा सरावल गाउँपालिकाका जनप्रतिनिधी ,कर्मचारी र गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधि , सँंघसंस्था, , पत्रकार एवं उद्योग बाणिज्य संघ लगाएतका प्रतिनिधित्व गरीने व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बैठक तथा छलफलकाे सहजिकरण राेजगार सेवा केन्द्र प्रमुख नेत्र भण्डारीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित