Rashtriya Dainik

बाणगंगा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

पार्वती आचार्य
कपिलवस्तु पुस २५
बाणगंगा नगरपालिकाको १४ औं नगरसभा नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । नगर सभाले वन विधेयक ‘२०८०’, बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन विधेयक ‘२०८०’ र खानेपानी तथा सरसफाईको क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरी तयार पारिएको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ (प्रथम संशोधन प्रस्ताव) पारित गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त विधान समितिका संयोजक बाबुराम अर्यालले प्रस्तुत गर्नुभयो ।
ंनगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई पारित गरिएको छ । नगर प्रवक्ता बिस्नु प्रसाद पौडेलले बिभिन्न १२ वटा सार्वजनिक महत्वका प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी सभामा नगरप्रमुख चक्रपाणी अर्यालले हाल सम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कुल बजेट १ अर्ब २३ करोड १३ लाख ३५ हजार ४ सय ३३ रुपैयाँ रहेको र उक्त बजेटको आम्दानी तर्फ ४१ प्रतिशत तथा खर्च तर्फ २३ प्रतिशत प्रगति भएको बताउनु भयो । नगर प्रमुख अर्यालले आर्थिक बर्षको अन्त्यमा प्रशासनिक तथा विकासात्मक गतिविधिलाई द्रुतता दिने प्रवृतिलाई न्युनीकरण गर्न समेत आग्रह गर्नुभयो ।
वित्तिय जोखिम न्युनीकरणमा नगरपालिकाले ८७ अंक प्राप्त गर्ने अनुमान गरि जिल्ला समन्वय समितिमा पठाएको जानकारी दिनुभयो । अर्यालले नगरका ११ वटै वडामा जिपीएस लोकेशनसहित घरको नम्बरिङ्ग गर्ने काम अन्तिम चरणमा पुगेको बताउनु भयो । नगरको भौतिक, आर्थिक, सामाजिक, वातावरणीय तथा समग्र विकासलाई नमुनायोग्य बनाउन आवद्यिक योजनामा उल्लेखित स्वीकृत योजना बैंकबाट मात्र कार्य प्रक्रिया अघि बढाउने कामको थालनी गरिने उहाँको भनाई छ ।
नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, ११ वटै वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको नगर प्रवक्ता पौडेलले जानकारी दिनुभयो । सो अवसरमा बाणगंगा नगरपालिकाले प्रदान गर्ने बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार कुलराज भुसाललाई सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित