Rashtriya Dainik

ट्राफिक कार्यालय पुर्वी नवलपरासीद्वारा साइकलको पछाडी स्टिकर टास अभियान

आरपि उपाध्याय / नवलपरासी ,२५ पुस

जिल्ला ट्राफिक कार्यालय पुर्वी नवलपरासीले विद्यार्थीले प्रयोग गर्ने साइकलको पछाडी राति टल्किने स्टिकर टास कार्यक्रमलाई अभियानकै रूपमा अगाडी बढाएको छ।

जिल्ला ट्राफिक कार्यालयले आफ्नो मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरुबाट विद्यार्थीले प्रयोग गर्ने साइकलको पछाडी टल्कने स्टिकर टास कार्यक्रमलाई अगाडी बढाएको जिल्ला ट्राफिक कार्यालय (ब.स.पु.) का ट्राफिक निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभएको छ।

जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नवलपुरका ९ ओटा विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गर्ने ५४९ साइकलको पछाडी भागमा रातिको समयमा टल्किने स्टिकर टास गरिएको ट्राफिक निरीक्षक आचार्यले बताउनुभयो।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको स्टिकर टास अभियानमा ११५५ विद्यार्थीहरुलाई ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको बताइएको छ।

कठाङ्ग्रीने चिसो र बाक्लो हुस्सुका कारण सवारी दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालय र विद्यालय केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइएको पनि जिल्ला ट्राफिक कार्यालय नवलपुरले बताएको छ।

ट्राफिक प्रहरीले नवलपुर भेगमा केन्द्रित सचेतनामुलक कार्यक्रम गरिरहदा विनयी त्रिवेणी वडा न.६ र ७ बाट पनि ट्राफिक सचेतनामुलक कार्यक्रम गरिनुपर्ने माग उठ्न थालेको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित