वीरगन्ज ,२५ पुस
पर्सा प्रहरीले गाँजा खेती र घरेलु मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ७ ठाऊमा लगाएको १८ सय गाँजाको बोट र ५० लिटर घरेलु मदिरा नष्ट गरेको हो।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम प्रहरी निरीक्षक राजाराम केशरीको कमान्डमा खटिएको प्रहरी टोलीले जिराभवानी गाऊपालिका वडा नम्बर २ सेढवा र ३ जितपुरमा लगाएको अवैध गाँजाको बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

