Rashtriya Dainik

संसदीय ब्यवस्थाको खारेजी र जनगणतन्त्रको स्थापनाको माग गर्दै नवलपरासीमा प्रर्दशन

नवलपरासी – जनगणतन्त्र स्थापनाको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले पुत्ला दहन गरेको छ ।
संसदीय ब्यवस्था दलालमा परिणत भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदीय ब्यवस्थाको भण्डाफोर गर्दै पुत्लादहन गरेको हो ।
बर्दघाट नगरपालिका–२ चिसापानी चोकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले दलाल संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै पुत्ला जलाएको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी गराउनुभयो ।
प्रर्दशनकारीहरुले दलाल संसदीय ब्यवस्था मुर्दावाद, जनगणतन्त्रको स्थापना गरौ , बित्तीय शोषण अन्त्य गर जस्ता दर्जनौ नारा लगाएका थिए ।
पुत्लादहन कार्यक्रम पछि आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य रवि पाण्डेयले दलाल संसदीय ब्यवस्थाले जनतालाई समृद्धि होइन रोटी माग्दा गोली दिएको बताउनुभयो । उहाँले संसदीय ब्यवस्थाको मिति पुगिसकेको दावी गर्दै जनताको अवस्था बदल्न ब्यवस्था बदल्नुपर्ने औल्याउनुभयो ।
सो पार्टीका जिल्ला संयोजक समेत रहनुभएका उहाँले संसदीय ब्यवस्था भष्ट्रचार कमिशनखोरहरुको अखडा भर्ईसकेकोले जनगणतन्त्र स्थापनाको बिकल्प नभएको चर्चा गर्नुभयो । जनता बित्तीय शोषणको चर्काे मर्कामा परेकोले अब मिसन चौरासी नभई मिसन टुडे आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रमको संचालन पार्टीका प्रदेश सदस्य रामचन्द्र पोखरेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित