संजय कुशवाहा / नवलपरासी २५ पौष
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि पछिल्लो समय भन्दा अहिले आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ बिरामीहरूको आकर्षण बढ्दै गएको हो ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि नि: शुल्क उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको छ । आयुर्वेदिक उपचार पद्धति र जडीबुटीबाट बनेका औषधिबाट एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि सेवाग्राहीहरूको आयुर्वेद उपचारतर्फ आकर्षण बढेको आयुर्वेद औषधालयका प्रमुख दिन बन्धु मिश्राले बताउनुभयो ।

आयुर्वेदिक उपचारका लागि सबैभन्दा बढी पेटको समस्या , बाथ, छातीसम्बन्धी दम, खोकी , एलर्जी , पायल्स , उक्त रक्तचाप , मधुमेह र महिला सम्बन्धित लगायतका रोगहरूको उपचारका लागि आयुर्वेद औषधालयमा आउनेको संख्या पनि प्रशस्तै रहेको छ । बाथ, हाडजोर्नी र नसासम्बन्धी रोगमा स्नेहन र स्वेदन विधिबाट गर्ने उपचार प्रभावकारी रहेको छ ।
आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालयका प्रमुख मिश्राले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

