Rashtriya Dainik

चना एक फाइदा अनेक, के – के छन् चना खानुका फाइदा ?

प्राय नेपालीको भान्सामा पाकिरहेको तरकारी हो, चना । चनाको तरकारी, रस, भुटेर, अन्य तरकारीमा पकाएर खान सकिन्छ । चना कमजोरी हटाउन, ताकत र ऊर्जाकालागि निकै फाइदाजनक मानिन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खादा यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरीरमा ताकत आउँछ ।

कसरी गर्ने ?
क. चना मात्र
– राती सुत्नुअघि एक मुट्ठी चनालाई धोएर एक गिलास सफा पानीमा भिजाउने ।
– बिहान फ्रेश भएर व्यायाम पश्चात् त्यो चनालाई राम्रोसँग चपाएर खाने ।
– चना भिजाएको पानीमा १ चम्चा मह घोलेर पिउने ।
फाइदाः कमजोरी हट्छ, वीर्यको संख्या वृद्धि हुन्छ र वीर्य गाढा हुन्छ ।

ख. चना र बदाम
– एक मुट्ठी चनासँगै पाँचवटा बदाम भिजाउने ।
– त्यहि भिजेको चना र बदाम बिहान मज्जाले चपाएर खाने ।
– संम्भव भए भिजको चना र बदामसंग एक गिलास मनतातो दुध पिउने ।
फाइदाः ताकत र ऊर्जा प्रदान गर्दछ, मांसपेशी बलियो हुन्छ ।

ग. चना र सख्खर
– रातभरी भिजाएको एक मुट्ठी चनालाई बिहान सख्खरसँग मज्जाले चपाएर खाने ।
फाइदाः रक्तअल्पत्ता हुँदैन, रोगसंग लड्ने क्षमतामा वृद्धि हुन्छ, रुघा–खोकीबाट बचाउँछ ।

घ. घ्युमा भुटेको चना
– राती भिजाएको चनालाई बिहान शुद्ध घ्यूमा भुटेर खाने ।
– भुटेको चनालाई एक गिलास मनतातो दुध पिउने ।
फाइदाः हरेक प्रकारको कमजोरीलाई हटाउँछ, तागत बढाउँछ । तौल बढ्दछ । विभिन्न एजेन्सीको सहयोगमा

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित