Rashtriya Dainik

गहत पत्थरी फाल्ने अचूक घरेलु औषधी, खाने तरिका यस्तो छ

गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ। गहतलाई कुलथी पनि भनिन्छ। पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।

गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं।

गहतको दाल खाने तरिका यस्तो छ;

– गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राती ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएम सम्मको पत्थरी झार्दछ ।

पत्थरी हुदा के खाने के नखाने

– पत्थरी हुँदा गहत, खरबुजो, मूला,अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गीलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीमा के नखाने

– मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानुहुदैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित