Rashtriya Dainik

कुन कुन रोगको लागि गाँजर लाभदायक हुन्छ ?

दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ। औषधीय गुणहरूले भरिएको गाँजर जाडोमा दिनदिनै सेवन गर्दा शरीर तातो रहन्छ ।

आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ । गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ । दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ ।

आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ । गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ। यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ
यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् ।

जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् । यसका साथै यसमा भिटामिन–बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। गाँजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ। गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ । जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ ।

कुन कुन रोगको लागि गाँजर लाभदायक हुन्छ ?
मधुमेह
पेटको समस्या (ग्यास, अल्सर, अपच र पेट गडबडी)
कोलेस्ट्रोल
क्यान्सर
मुटु रोगी
रतन्धो

एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।

गाँजर खाँदा हुने फाइदाहरु

गाँजरमा भिटामिन ए भरपूर मात्रा हुन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ ।
गाँजर सेवनबाट रतन्धो टाढा भाग्छ ।
मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त गाजर खाँदा लाभदायक हुन्छ ।
गाँजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पाइन्छ ।

काँचो गाँजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।
गाँजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।
गाँजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

गाजर खाँदा दिमाग तीखो हुन्छ ।

औषधीय गुणले भरिपूर्ण एलोभेरा, जुस डेंगुबाट बचाउन प्रभावकारी

यस्ता छन् एलोभेरा जुसका फाइदा

एलोभेराको जुस डेंगुबाट बचाउन प्रभावकारी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित