Rashtriya Dainik

बहुउद्देश्यीय सहकारीहरुले बचत तथा ऋणकोमात्र कारोवार होईन उत्पादनलाई जोडनु पर्छ : सांसद पन्थी

पार्वती आचार्य /कपिलवस्तु ,२४ पुस

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो केन्द्रिय वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद बिष्णु पन्थीले बहुउद्देश्यीय सहकारीहरुले अब बचत तथा ऋणकोमात्र कारोवार होईन उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले बहुउद्देश्यीय सहकारीले अब उत्पादनमा जोड दिई शेयर सदस्यहरुको आर्थिक स्तर उकास्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिनर्जी बहुउद्देश्यीय सहकारी एक प्रदेशकै उत्कृष्ट सहकारी रहेको बताउँदै यस सहकारीमा बचत तथा ऋणको कारोवार ढुक्कसंग गर्न अनुरोध गर्नुभयो ।


कार्यक्रममा प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीय स्तरका समुदायकोे आर्थिक स्तर उकास्नका लागि अहम भुमिका खेलेको बताउनुभयो । सांसद न्यौपानेले शेयर सदस्यहरुलाई कृषि मार्फत आत्मनिर्भर हुनका लागि सहकारीले सहजिकरण गर्न आवश्य रहेको बताउनुभयो ।

यसैगरी बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भुमिका रहेको भन्दै नगरपालिकाले अनुगमन र नियमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाका सहकारीहरुमा आर्थिक हिनामिना नभएको र सबै सहकारी स्थानीय सरकार मातहत नै सञ्चालन भईरहेको बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीले यस सहकारीका सञ्चालक समिति, केन्द्रिय कार्यालय यसै स्थानमा रहेकाले अन्य सहकारी जस्तो आर्थिक अनियमितता नहुने भएकाले शेयर सदस्यहरु ढुक्क हुन आग्रह गर्नुभयो । बहुउद्देश्यीय सहकारी मार्फत सेयर सदस्यहरुलाई साक्षरता कक्षा संचालन गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद बेल्बासेले प्रशिक्षण दिंदै सिनर्जी बहुउद्देश्यीय सहकारीको प्रतिवेदन र क्रियाकलपा अध्ययन गर्दा यो सहकारी शेयर सदस्यहरुको प्रत्यक्ष संलग्नतामा सञ्चालन भएको सहकारी भएको पुष्टि भएको बताउनुभयो । उहाँले सहकारीको स्थापना, विकास, नेपालका सहकारीको अवस्था, सहकारीको महत्व तथा सहकारीका उत्कृष्ट कार्यहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बिकास बोर्डका कार्यकारी सदस्य सन्दिप सापकोटाले शुभकामना मन्तब्य दिंदै सिनर्जी सहकारी आफैमा सक्षम सहकारी रहेकाले सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय चारनम्बर स्थित सभाहलमा सम्पन्न साधारण सभामा यहि पुष २१ गते विभिन्न स्थानमा सम्पन्न साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी.रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन लगायत सम्पुर्ण प्रतिवेदन केन्द्रिय साधारणसभा मार्फत पारित गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम एवम् अनुमानित बजेट आर्थिक बर्ष २०७९÷०८० को लाभांश वितरण, संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधी संशोधन, आर्थिक बर्ष २०८०÷०८१ को लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक, दीर्घकालिन सम्पत्ति खरिद एवम् दीर्घकालिन ऋण लिने, साधारण सभाको इकाई सभा र केन्द्रिय निर्णय प्रमाणिकरणका निम्ति प्रतिनिधी चयन जस्ता प्रस्तावहरु पारित भएका छन् ।
सहकारीको आर्थिक बर्ष २०७९÷०८० मा ९२ करोड ६४ लाख, ७० हजार ७ सय ५५ रुपैयाँ ८० पैसा बराबरको कुल दायित्व तथा पुंजी प्रस्तुत गरिएको छ । यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा सहकारीको शुद्ध मुनाफा ३ करोड ७४ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ९६ पैसा रहेको छ ।
सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने, आवश्यक स्रोत कर्जा लगानी गर्ने र स्वरोजगार निर्माणमा योगदान गर्ने, सामुहिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, सीप र प्रविधिको विकासमा जोड दिने, सहकारीको माध्यमबाट समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने र समृद्धि हासिंल गर्ने लगाएतको सहकारीको आगामी लक्ष्य रहेको अध्यक्ष बेल्बासेले बताउनुभयो ।

त्यस्तै आगामी आर्थिक बर्षमा निक्षेपमा ९ करोड थप गरी ५७ करोड पु¥याउने, स्थानिय तहसंगको साझेदारीमा कोशेली घर निर्माण, सहकारीको आफ्नै जग्गामा सहकारी कोलेनी मोडेल घर निर्माणको प्रयत्न गर्ने, ४ नं. मुख्य कार्यालयमा सहकारी बजार संचालन, ३ हजार ५ सय शेयर सदस्य थप गरी करिव १५ हजार शेयर सदस्य पु¥याउने, शिक्षा शिविरलाई अभियानकै रुपमा संचालन, सदस्य राहत कोष र सदस्य दूर्घटना बिमा एवम् कर्जा बिमालाई प्रभावकारी कार्यान्वयन, सहकारी बजार तर्फ प्रत्यक्ष ग्राहकलाई मुनाफाको २० प्रतिशत वोनस सहित उत्कृष्ट ग्राहकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता मुख्य कार्यक्रम गरिने सहकारीका लक्ष्य रहेका छन् ।
सहकारीका अध्यक्ष बेल्बासेको अध्यक्षता, प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्य, कपिलवस्तु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणानिधि भुसाल, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारी लगायतको आतिथ्यता रहेको थियो । यस्तै सहकारीका पदाधिकारीहरु, सदस्यहरु, उपसमिति संयोजक, शेयर सदस्य, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम सहकारीका उपाध्यक्ष कुलराज पौडेलको स्वागत तथा सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारण सभा मार्पmत ज्येष्ठ सदस्य, असल बचत कर्ता, असल ऋणि, असल बाल बचत कर्ता, पत्रकार, जेहेनदार विद्यार्थीलाई सम्मान समेत गरिएको छ । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जितपुर, बनगाई, बोडगाउँ, ओदारी, प्रगतिनगर, भलवाड र वैदौली कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित