Rashtriya Dainik

भारतबाट नेपाल ल्याइएको प्रतिबन्धित कुखुरा बरामद

आरपि उपाध्याय / नवलपरासी ,२४ पुस

त्रिवेणी भन्सार कार्यालय पुर्वी नवलपरासीको गस्ती टोलीले सुस्ता गाउँपालिका अन्तर्गतमा भारतबाट नेपाल ल्याइएको प्रतिबन्धित कुखुरा बरामद गरेको छ।

सुस्ता गाउँपालिका ३ फेनहरा स्थित गण्डक नहरको किनारबाट बेवारिसे अवस्थामा फेला परेको १४ गोटा कुखुरा बरामद गरिएको त्रिवेणी भन्सार अधिकृत बिमल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

मङ्गलबार बिहान गस्तीको क्रममा भन्सार कर्मचारीको टोलीले नेपालमा प्रतिबन्धित रहेको कुखुरालाई बरामद गरि ईलाका प्रहरी कार्यालय त्रिवेणीको बाउन्ड्री भित्र नस्ट पारिएको थियो।

भन्सार कर्मचारीद्वारा बरामद गरिएको कुखुराको मूल्य ४९०० रहेको जानकारी गराइएको छ।
प्रतिबन्धित कुखुरा नस्ट गर्दा विनयी त्रिवेणी ६ का वडाध्यक्ष उमेश कार्की, सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी, ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीको रोहबरमा बरामद कुखुरालाई नस्ट पारिएको त्रिवेणी भन्सार कार्यालयले बताएको छ।

सुस्ता गाउँपालिकाको भारतसँग जोडिएको दक्षिणी सिमानाकाबाट अवैध रुपमा कुखुरा नेपाल ल्याइएको सुचनाको आधारमा भन्सार कर्मचारीको गस्ती टोलीले पनि आफ्नो सक्रियता बढाएको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित