Rashtriya Dainik

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साद्वारा पशु चौपाया पक्राउ

वीरगन्ज २४ पुस

सशस्त्र प्रहरीले ठुलो मात्रामा अवैधरुपले भित्राएको पशु चौपाया पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल पर्साले तस्करीको लागि भित्राएको २० वटा पशु चौपायाहरु नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको मोबाईल टोलीले वीरगन्जको रामगढवा स्थितबाट भन्सार छलि अवैध रुपमा भित्राएको पशु चौपायाहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए।
पक्राउ गरेको भैसी ११ र पाडा ९ गरि जम्मा २० वटा पशु चौपाया ४ लाख ५१ हजार रुपैयाँको वीरगन्ज भन्सारको रोहबरमा लिलाम गरिएको सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित