Rashtriya Dainik

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् !

स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गरिन्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा आमी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ ।

अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ । यो कुराहरुलाई तपाई आफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स्

१) ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२) अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३) अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४) अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५) फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६) अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७) अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८) अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९) अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०) अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित