Rashtriya Dainik

शुद्दोधन गाउँपालिकाको १५ औं गाउँ सभा सम्पन्न

कृष्ण पौडेल / रुपन्देही ,२३ पुस

रुपन्देही स्थित शुद्धोधन गाउँपालिकाको १५ औं गाउसभा एवं हिउदे अधिवेशन सम्पन्न भयो ।

हालसम्मको चालू बजेट३७ करोड ७ लाख मध्ये १० करोड ५ लाख अर्थात २७ प्रतिशत खर्च भएको छ भने पुजिगत तर्फ २४ करोड ९५ लाख मध्ये १ करोड १२ लाख अर्थात ५ प्रतिशत खर्च भएको कुरा गाउँ सभामा बताइएको थियो ।

गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले अहिलेसम्म ३७ प्रतिशत भौतिक प्रगती र २० प्रतिशत वित्तीय प्रगती भएको बताउनुभयो ।गाउँ सभामा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले ५ वर्षे विद्दुतिय सरकार विकास कार्ययोजना , क्षयरोग मुक्त पालिका अभियान कार्यक्रम ,रिङ्ग रोडको निर्माणको अवधारणा , वाड नम्बर २ का अध्यक्ष कमल खड्काले शुद्दोधन वृहत् मत्स्य विकास योजना गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत गरिएका कार्ययोजनाहरुलाई गाउँपालिका अध्यक्ष बस्यालले पारित होस भनी सभामा राख्नुभएको प्रस्तावलाई सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।

त्यसै गरि लेखा संयोजक तारक बहादुर कुवरले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन अध्यक्ष बिष्णु प्रसाद बस्यालले पारीत हुनको लागि राख्नु भएको प्रस्तावलाई सभाले ताली बजाएर पारित गरेको थियो ।गाउँ सभामा लेखा प्रतिवेदन प्रती वडा अध्यक्षहरु हेम बहादुर खड्का ,चन्द्रभान चौधरी ,कार्यवाहक वडा अध्यक्ष भिमनारायण चौधरी वडा सदस्यहरु णम कुमारी पङ्गेनी , बालकृष्ण पराजुली ,भिम बहादुर छहारी,अनिल मौर्य लगायतले टिप्पणी गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित