पार्वती आचार्य / कपिलवस्तु ,२३ पुस
सहकारीले व्यवसाय रुपमा उत्पादन गरेका कृषि सामाग्रीहरुलाई खेरजान नदिने प्रदेश सांसद बिस्नु पन्थीले बताउनु भएको छ ।
कृषि क्षेत्रमा पछिल्लो समयमा अनेक कारणहरुले गर्दा घातक हुँदै आएको हुँदा कृषि क्षेत्र र सहकारीहरुलाई स्थानिय सरकार र प्रदेश सरकारले सहयोग गरे उत्पादनमा बृद्धि हुने र स्वारोजगार बनाउन सकिने बताउनु भयो । श्री सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेशनलाई संबोधन गर्दै सांसद पन्थीले सो कुरा बताउनु भएको हो ।

लुम्बिनी प्रदेश भरिका सहकारीहरुमा बाणगंगामा संचालित सहकारीहरुले धेरै राम्रा कामहरु गर्दै आएको बताउनु भयो । सांसद पन्थीले कृषि लगाएतका बिभिन्न व्यवसायहरु संचालन गर्दै आएको यस सहकारीले कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । सहकारीले उत्पादन गरेका बस्तु तथा सामाग्रीको व्यवस्थापनको जिम्मेवारी आफूले लिने प्रतिवद्धता जनाउनु भयो ।
यस सहकारीले दुई दशक पार गर्दा सहकारी मार्फत थुप्रै महिला दिदी बहिनीलाई क्षमतावान बनाउन सफल भएको भन्दै शुभकामना दिनुभयो । सहकारी अर्थ व्यवस्थाको तिन वटा आधारहरु मध्येको एक महत्वपूर्ण आधार भएको हुँदा सरकारी निजी र सहकारी अर्थ व्यवस्थाको आधार मध्ये सहकारी एउटा महत्वपूर्ण आधार हो भने अर्को तर्फ महिलाहरुले संचालन गरेको सहकारीको आफैंमा महत्वपूर्ण रहेको बताउँदै व्यवसायलाई अगाडी बढाई आत्मनिर्भर तर्फ लैजानुपर्नेमा जोडदिनु भयो ।

सहकारीलाई बलियो बनाउन पूँजी वृद्धि गर्न आग्रह गर्दै सहकारीलाई अझै बलियो बनाउन स्थानिय सरकार प्रदेश सरकारसंग पहलगरी बिभिन्न सिप बिकास तालिम र क्षमता अभिबृद्धिका तालिमहरुका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी सहकारी संघका लुम्बिनी प्रदेश लेखा समिती संयोजक तेज प्रसाद आचार्यले सहकारीलाई बलियो बनाउन सहकारीका सेयर सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनु भयो । आचार्यले व्यवसायलाई निरन्तरता दिए उत्पादनमा बृद्धि आर्थिक संमृद्धि हुनेमा जोड दिनुभएको थियो । सहकारीको ऐन र नीतीमा रहेर कार्यहरु सम्पादन गर्न आग्रह गर्दै सहकारीले दिएको सिपलाई सबैले सदुपयोग गर्न सके आर्थिक संमृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले महिलाहरुलाई शसक्तिकरण गर्न र सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । नगरका महिला , बालबालिका , जेष्ठ नागरिकका लागि दिवासेवा , कृषि , पशु शाखाबाट थुप्रै कार्यक्रमहरु संचालन भएको जानकारी दिंदै आपांगता भएका व्यक्तीहरुका लागि बिभिन्न सिप मुलक कार्यक्रमहरु र उप प्रमुखसंगको कार्यक्रमहरु संचालन र यस सहयोगी महिला बहुउद्देशीय सहकारी संस्थाले बेसार खेती गर्दै आएको बताउनु भयो । यसैगरी कृषि शाखाबाट बिउपूँजी अनुदान लगाएतका कार्यक्रम संचालन हुँदै आएको बताउँदै यस सहकारीको साथमा स्थानिय सरकार संगसंगै रहेको उप प्रमुख चौधरीले बताउनु भयो ।

कार्यक्रमका अतिथी एवं वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगरले बाईसौं साधारण सभा तथा दशौं अधिबेशनको शुभकामना दिंदै महिला दिदी बहिनीहरुको हक हितको लागि सधै पैरवी गर्दै आएको बताउनु भयो । यस सहकारीलाई मजबुद बनाउन सहकारीका सम्पुर्ण पदाधिकारीहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । सहकारीलाई आर्थिक रुपमा बृद्धि गर्न उत्पादन मूलक रुपमा लगानी लगाउन सकियो भने मात्र सहकारीले सफलता प्राप्त गर्ने बताउनु । अध्यक्ष रेश्मीले उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको व्यवस्थापनमा वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।
यसैगरी साधारण सभा तथा अधिबेशनमा सहकारीका सस्ंथापक बिस्नु ढुंगाना , युनाईटेड बशुउद्देशीय सहकारी सस्थाका अध्यक्ष मुनाराम चालिसे , मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवाददाता पार्वती आचार्य , जेष्ठ नागरिक अम्बिका पौडेल लगाएतले बोल्दै सहकारीले महिलाको आर्थिक शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।

जब सम्म आर्थिक सशक्तिकरण हुँदैन तव सम्म समाज परिवर्तन नहुने भएको हुँदा महिलाहरुले उद्यमशीलतालाई अगाडी बढाउनुपर्नेमा जोड दिंदै बिभिन्न सिप मुलक कार्यहरुलाई अगाडी बढाउँदै आएको संस्थाले आर्थिक क्षेत्रलाई अगाडी बढाउन सके सहकारीको स्तर बृद्धि हुनेमा जोडदिएका थिए ।
सिप बिकास , क्षमता बिकास र आर्थिक संमृद्धिको बिकास गर्ने क्रममा सामाजिक बिकास गर्दै जेष्ठ नागरिकका बिभिन्न समस्याहरु र घरायसी हिंसा न्यूनिकरण गर्न छोरा बुहारी संग आमा र सासुहरुका लागि अन्तरक्रिया तथा सचेतना मूलकका कार्यक्रमहरु यस सहकारी मार्फत संचालन गर्नृपर्नेमा जोडदिएका थिए ।
सहकारीका अध्यक्ष नूमी शर्माले महिलाहरुलाई शसक्तिकरण बनाउन सहकारी मार्फत बिभिन्न सिप मुलक कार्यक्रमहरु संचालन गरी व्यवसायी बनाउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा संथाका सचिव सुनिता सेनले प्रगती प्रतिवेदन प्रस्तुत , कोषध्यक्ष नमुना पौडेलले आयव्य विवरण प्रस्तुत , व्यबस्थापक बिद्या शर्माले आर्थिक प्रतिवेदन र लेखा समितीको आन्तरिक प्रतिबेदन लेखा समिती संयोजक बिनिता आचार्यले प्रस्तुत गर्नु भएको थियो । व्यवस्थापक शर्माले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै एक सय रुपैंया बाट शुरु गरेको सहकारीको आम्दानी रु. १ करोड ६९ लाख ४ हजार ६ सय ८३ रुपैंया पुग्न सफल भएको बताउनु भयो । १ सय १ जनाको शेयर सदस्य बाट शुरु गरेको संस्थामा अहिले ८ सय १३ शेयर सदस्यहरु आबद्ध रहेको जानकारी दिनुभयो ।
सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका पुर्व अध्यक्ष, शेयर धनीहरु, लेखा समितीका पदाधिकारीहरु, हिंसा न्यूनिकरणका लागि वकालत गर्ने निगरानी समूहका पदाधिकारीहरु र संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष नूमि शर्माको अध्यक्षता, उपाध्यक्ष रमा पाण्डेको स्वागत तथा सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको थियो । भने, संस्थाले ७० बर्ष नाघेका जेष्ठ नागरिक सदस्य १६ जना , बचतकर्ता , असल ऋणी, असल उद्यमी , अनुसासित समिती र वाल क्लवमा आवद्ध ४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री , दोसल्लाह र नगदले सम्मान गरिएको थियो ।

यसैबिच अधिबेशनबाट रमा पाण्डेको अध्यक्षतामा ११ कार्यसमिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा साबित्रा अर्याल , सचिवमा सुनिता सेन , सह सचिवमा डिला शर्मा , कोषाध्यक्षमा सरिता पौडेल निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा बिस्नु थारु , सरस्वती पोख्रेल , लक्ष्मी शाही , राजकुमारी चौधरी , सञ्जु सेन , बिस्नुमायाँ पौडेल निर्विरोध चयन हुनु भएको छ । यसैगरी लेखा समितीतर्फ लेखा संयोजक बिनिता आचार्य , सदस्यमा लक्ष्मी क्षेत्री र दुर्गा चौधरीलाई चयन गरिएको छ । नव निर्वाचित अध्यक्ष रमा पाण्डेले सहकारीलाई अगाडी बढाउनका लागि लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

