Rashtriya Dainik

बाग्मती चिनी कारखानामा तौल सन्दर्भमा भएको विवाद त्रिपक्षिय सहमतिमा सकियाे

आरपि उपाध्याय / नवलपरासी ,२३ पुस

पश्चिम नवलपरासीको प्रमुख औद्योगिक प्रतिष्ठान मध्ये एक रहेको बाग्मती चिनी कारखानामा तौल कार्यमा भएको अनियमितता पछि उत्पन्न विवाद त्रिपक्षिय सहमतिमा सकिएको छ।

पौष २० गते किसानले ट्याक्टर टालीमा ल्याएको उखु कारखाना मिल गेटमा तौल हुँदा तौलमा कमि आएको भन्दै किसानले चिनी मिल बन्द गरि गर्दै आएको आन्दोलन सहमति पछि समाप्त भएको हो।

सुस्ता गाउँपालिकामा भएको त्रिपक्षिय सहमतिमा पौष ३ गतेदेखि पौष २० गतेसम्म ट्याक्टर टालीमा भएको तौलमा प्राबिधिक समस्याले प्रती टाली २ क्युन्टल कमि देखिएकोमा कम भएको परिमाणलाई सहमति अनुसार किसानलाई भुक्तानी दिने अनौपचारिक सहमति भएको कारखानाका महा प्रबन्धक टङ्कनाथ काफ्लेले जानकारी दिनुभएको छ।


सुस्ता गाउँपालिकाको सभाहलमा भएको त्रिपक्षिय वार्ता समितिमा पालिका अध्यक्ष टेकनारायण उपाध्याय, वडा न.२ का वडाध्यक्ष कृष्णलाल मुखिया,वडा न.३ का वडाध्यक्ष हरिलाल दुषाद, कारखानाका महा प्रबन्धक काफ्ले, किसान अगुवा रबिन्द्र जैसवाल, प्रेमचन्द्र गुप्ता,डिल्ली काफ्ले,राकेश कोइरी लगायतको उपस्थिति रहेको थियो।

किसान अगुवा,पालिका प्रतिनिधि र कारखाना पक्षबिच भएको अनौपचारिक सहमतिपछि आइतबार रातिदेखि नै कारखाना सञ्चालनमा आइसकेको पनि जानकारीमा आएको छ।

किसान र कारखानाबिचको सम्बन्ध अझबढी सुमधुर बनाइ कारखानामा देखापर्ने तौल कार्यमा आउने प्राविधिक समस्यालाई वार्ता र संवादको माध्यमबाटै समाधान गर्दै जाने पनि किसान स्रोतले जनाएको छ।

बाग्मती चिनी कारखानामा हुने तौल कार्यलाई अझ बढी पारदर्शी बनाउन सुस्ता गाउँपालिकाको तर्फबाट तौल केन्द्रमा पालिकाको प्रतिनिधि राख्ने व्यवस्था मिलाइने पनि अध्यक्ष उपाध्याय ले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित