दिनहुँ दाँत माझ्दा पनि मुखबाट दुर्गन्ध आउने समस्याबाट धेरै मानिस हैरानमा छन् । कतिपयले यस्तो समस्या आफूले थाहा पाउँदैनन् तर, अरुलाई त्यसले हैरान पारेको हुन्छ ।
सास गन्हाउने समस्याको कारण मानिसहरु वरिपरि आउन तयार हुँदैनन् । मानिसहरु टाढिन्छन् । कहिँलेकाहीँ यो समस्याले लाजमर्दो पनि बनाउँछ ।
यहाँ हामी सास गन्हाउने समस्याबाट कसरी टाढा हुने भन्ने सन्दर्भमा विज्ञहरुले सुझाएको सुझावलाई प्रस्तुत गरेका छौं । थाहा पाउनुहोस् सास गन्हाउने समस्याबाट कसरी मुक्त हुन सकिन्छ ?
प्रशस्त पानी पिउने
दैनिक ब्रस गरेपछि पनि धेरैलाई सास गन्हाउन थाल्छ, यसबाट छुटकारा पाउन दैनिक प्रशस्त पानी पिउनुपर्छ । पानी पिएर सास गन्हाउने समस्याबाट राहत पाउन सकिन्छ ।
ल्वाङ
बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले दाँत माझ्नु पर्छ र ल्वाङ चपाउनु पर्छ, यसले सासको दुर्गन्धलाई हटाउन मद्दत गर्छ । व्यक्तिहरुको बीचमा जाँदा ल्वाङ खाएर जानु उचित हुन्छ ।
नरिवलको तेल
नरिवल तेल धेरै लाभदायक छ। यसलाई केही समय मुखमा राखेर कुल्ला गर्नुहोस्, यसले दुर्गन्ध हटाउन भूमिका खेल्छ ।
दाँतमा तोरीको तेल
तोरीको तेलमा नुन मिसाएर गिजामा राम्ररी मालिस गर्नुहोस्, यसले सासको दुर्गन्ध पनि रोक्छ। तपाईंको दाँत पनि चम्किलो हुनेछ। एजेन्सीबाट
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

