नवलपरासी ,२२ पुस
जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीको ४२ औँ वार्षिक साधारणसभा तथा १३ औ निर्वाचन सम्पन्न भएको छ ।
संघका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

४२ औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले सहकारीहरुले कृषि उत्पादनमा विशेष लगानी गर्नुपर्ने बताउनुभयो । उहाले शित भण्डारको निर्माण कार्य सम्पन्न भएको र यसलाई पूणर्क्षमतामा सञ्चालन गर्नका लागि सवै सहकारीहरुले कृषि उत्पादनमा विशेष लगानी गरेर उत्पादन बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले जिल्ला संघको नियमित वार्षिक कार्यक्रमहरुका साथ विशेष कार्यक्रम अन्तरगत सहकारी शित भण्डार नवलपरासीको निर्माण र सञ्चालनको कार्यलाई अगाडी बढाएको बताउनुभयो । उहाले निर्वाचन सहकारी ऐन नियम अनुसार संस्थामा नेतृत्व परिवर्तन हुन पर्ने र आ आफ्नो लगानीको प्रतिफल प्राप्त गर्न शितभण्डारको माध्यमबाट कृषि उत्पादन बृद्धि गराउने, रोजगारी सिर्जना गर्ने, उत्पादनकर्तालाई लगानी अनुसार बस्तुको मुल्य दिलाउने, उत्पादन र उपभोक्ता विचको दुरी कम गर्ने जस्ता लक्ष्य हासिल गर्न नेतृत्वमा आउन अनुरोध गर्नुभयो ।

यस्तै सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव चण्डी प्रसाद पाण्डेले जिल्ला सहकारी संघले आफ्नै नेतृत्वमा ३ हजार मे.टन क्षमताको मल्टी चेम्बर सिस्टमको करिव २१ करोड लागतमा सहकारी शित भण्डारको निर्माण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । उहाले शित भण्डारमा जिल्लाका ७९ वटा सहकारीको ३ करोड ३४ लाख र स्थानीय निकायको २ करोड ७९ लाख ५० हजार लगानी रहेको जानकारी दिनुभयो ।
यस्तै कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष हैदर अलि मोमिनले प्रस्तुत गर्दै संस्थामा आव २०७९/०८० मा २६ लाख ३० हजार ९ सय ८५ रुपैया यथार्थ आय भई २८ लाख २६ हजार ८ सय रुपैया यथार्थ खर्च हुन गई १ लाख ९५ हजार ८ सय १४ रुपैया कर अघिको नोक्सान देखिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन आचार्य, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुणर् प्रसाद तिमिल्सीना, सुलभ सहकारीकी उमा अधिकारी, सयपत्री साकोसका उपाध्यक्ष कृष्णबन्दु अर्याल, संघका लेखा संयोजक दिनानाथ तिवारी लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।
उपाध्यक्ष वृहस्पती अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव चण्डी प्रसाद पाण्डेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

