राष्ट्रिय दैनिक / नवलपरासी ,२२ पुस
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ नवलपरासीले जिल्लाका प्रतिनिधिसभा , प्रदेशसभा क्षेत्र र गाउँ÷नगर समिति विस्तार एवं पदस्थापन कार्यक्रम परासीमा सम्पन्न गरेको छ ।
किसान महासंघ जिल्ला अध्यक्ष बिश्वनाथ यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच सबै क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ नगरका सभापतिहरुलाई प्रमाणपत्र प्रदान गरी पदस्थापन गराइएको हो ।

मनोनित सबै अध्यक्षहरुलाई प्रमुख अतिथि कण्डेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य कण्डेलले भ्रातृ संघ–संस्था क्रियाशील एवं बलियो भएमात्रै पार्टी संगठन बलियो हुने भन्दै संगठन मजबुद बनाउन पार्टीले सहयोग गर्ने बताउनुभयो भातृ संघसंस्थाहरुलाई क्रियाशील बनाउन पार्टी संगठन लागिपरेको वहाँकाे भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार (सन्तु) ले किसानको हक–अधिकार रक्षाका लागि भएका आन्दोलनमा पार्टीको सहयोग रहने आश्वासन दिनुभयाे।

कार्यक्रममा किसान महासंघ लुम्बिनी प्रदेश सचिव रिता के.सी , जिल्ला उपसभापति अनिल गौडले , वरिष्ठ सदस्य माेहन शर्मा , क्षेत्रीय कार्यसमिति प्रतिनिधि सभा २ सभापति माधव पाण्डेय , महासमिति सदस्य शिवशंकर राय लगाएतले बाेल्नुभएकाे थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

