नवलपरासी – शहिद परिवार तथा नेकपा जिल्ला सल्लाहकार देवीलाल खनालको स्मृतिका श्रद्धाञ्जली सभा गरिएको छ । आइतवार सरावलको बासास्थित नयाँ टोलमा नेकपा नवलपरासीको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो ।
सभामा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य कमल सीले शहिदहरुले देखाएको बाटोलाई निरन्तर अनुकरणीय गर्न बताउनुभयो ।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले संसदीय ब्यवस्थाको अन्त्य र जनगणतन्त्र स्थापनाका लागि शहिदहरुले बलिदान गरेको स्मरण गर्नुभयो ।
नेकपा जिल्ला सेक्रेटरी प्रताप सीको अध्यक्षता बिघटन सीको संचालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सुमन सी लगायतले शोक मन्तब्य राख्नुभएको थियो । खनालको परिवार बाट छोरा रामप्रसाद र छोरी लक्ष्मी जनयुद्धमा शहिद हुनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

