Rashtriya Dainik

पर्साको महुवनबाट ४२ किलो लागुऔषध गाजाको धुलो सहित दुई जना पक्राउ

राजन कुमार बानिया /पर्सा ,२२ पुस

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्ड बाट लागु औषध गाँजाको धुलो सहित दुई जना व्यक्ति पक्राउ परेका छन।

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४०नं.को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको अवस्थामा फेला परेको हाे।

४२ पोका, ४२ किलो फेला परेको तथा पिकअप चालक जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद राम समेतलाई नियन्त्रणमा लिइएको हाे।

नियन्त्रणमा लिइएकालाई इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित