Rashtriya Dainik

संगालो साना किसान कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न , अध्यक्ष तेली चयन

नवलपरासी ,२२ पुस

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सहीमा रहेको संगालो साना किसान कृषि सहकारी संस्थाको ८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको ८ औं बार्षिक साधारणसभाले नन्दनलाल तेलीको नेतृत्वमा नयाँ कार्यसमिति पनि सर्वसम्मत रुपले चयन गरेको छ ।


संस्थाका अध्यक्ष नन्दनलाल तेलीको अध्यक्षता तथा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बार्षिक साधारसभा मार्फत पुनः नन्दलाल तेली अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै संस्थाको उपाध्यक्ष पदमा मनोज सिंह सैथवार, सदस्यमा गिता गुप्ता, दुर्गा पंजियार, सिता सिवाकोटी, पिनमाया घले, रामकिसुन कोईरी, बिजय लोनिया र मायादेवी यादव चयन भएका हुन् । त्यसैगरि लेखा समितिको संयोजकमा लख्खु प्रसाद यादव, सदस्यमा अल्हम अंसारी र राजमति यादव चयन भएकि हुन् । चयन भएकाले सबै पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गर्दै प्रमाणपत्र पनि ग्रहण गरेका थिए ।

वि.स. २०७३ सालमा स्थापना भएको यस संगालो साना किसान कृषि सहकारी संस्थाको कुल पुँजी ४ करोड ९३ लाख ८५ हजार ५१८ रुपैया रहेको र संस्थाले यसबर्ष कुल २४ लाख ६८ हजार ४४३ रुपैया मुनाफा समेत गरेको अध्यक्ष नन्दनलाल तेलीले सभा कार्यक्रममा जानकारी दिनु भयो । संस्थाले समुदायमा कुल ३ करोड ९६ लाख १ हजार १६० रुपैया लगानी गरेको छ । संस्थामा कुल ८६४ जना सेयर सदस्यहरु रहेका छन् भने १४६ वटा समुह संख्या रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

आयोजित साधारणसभामा प्रमुख अतिथि पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, विशिष्ट अतिथि प्रदेशसभा सदस्य देवकरण कलवार, विशेष अतिथि साना किसान सहकारी बुटवलका शाखा अधिकृत निरन्जन निषाद, अतिति पुर्व वडा अध्यक्ष अशोक गुरुङ्ग, साना किसान सहकारी संघका अध्यक्ष देवी अधिकारी, सौजन्य साना किसान सहकारी गुठीपर्साैनीका अध्यक्ष राजेश सिंहथापा, सानाकिसान सहकारी त्रिवेणीका प्रबन्धक सरिता शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका अतिथिहरुलाई संस्थाले मायाको चिनो पनि प्रदान गरेको थियो ।

सभामा प्रगति तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको संस्थाका उपाध्यक्ष मनोज सैथवारले जानकारी दिनु भयो । सभकाको कार्यक्रममा संस्था प्रबन्धक राजेश कोईरीले संचालन गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित