उमेश बि.क / नवलपरासी ,२२ पुस
कर्मचारी मिलन केन्द्र सरावल गाउँपालिकाको दाेस्राे बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ मा रहेको पर्यटकीय स्थल बर्दगाेरियामा बनभोजसहित आयोजित कार्यक्रममा कर्मचारी मिलन केन्द्र सरावलकाे अध्यक्ष खेम खनालकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले कर्मचारी मिलन केन्द्रले कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न समयमा गर्दै आएको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
कर्मचारी मिलन केन्द्रका संरक्षणक प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले कर्मचारीका पीरमर्का विसाउने, एकआपसमा सद्भाव, भ्रातृत्व कायम गर्ने थलोको रुपमा मिलन केन्द्रले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाले गरेको बार्षिक गतिविधिसहितको आर्थिक प्रतिवेदन मिलन केन्द्रकाे सल्लाहकार नारायण पाण्डेयले प्रस्तुत गर्नुभएको थियो ।

बनभोजसहित रहेको कार्यक्रममा पालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा,महिला बिकास निरीक्षक माया रेग्मी ,राेजगार सहसंयाेजक मनिषा भुजलाई स्वागत गरिएको थियो भने नगरप्रहरी दुर्गेश गुप्ता बिदाई समेत गरिएको हाे। साथै प्रशासन शाखा प्रमुख देशकान्त बस्याल र न्याय शाखाका अधिकृत थानेश्वर पाण्डेयलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हण्डीफोर , बदाम खाने प्रतियाेगिता र तातो दुुध पिउने प्रतियोगिताहरु भएको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सबै प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको केन्द्रका अध्यक्ष खेम खनालले जानकारी दिनुभयो ।

प्रत्येक बर्ष मिलन केन्द्रले साधारणसभाको आयोजनासहित बनभोज कार्यक्रम गर्दै आएको कर्मचारी मिलन केन्द्र सरावलकाे अध्यक्ष खेम खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा सबै कार्यालयका कर्मचारीहरुको उपस्थित रहेको कार्यक्रमकाे सन्चालन केन्द्रका सचिव राजन बस्यालले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

