राजन कुमार बानिया / पर्सा ,२२ पुस
नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २७ औं उपशाखा वार्षिक सधारण सभा पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ५ महुवन रेडक्रस सभा हलमा सम्पन्न भएको छ।
उपशाखा महुवनको सधारणसभामा उपशाखाको सचिव झोटिल प्रसादले आय ब्यय प्रस्तुत गर्नु भएको थियो। यो आर्थिकमा रेडक्रस सोसाइटी महुवन उपशाखाको २०७९/८० मा ३४ जनालाई आजिवन सदस्य बनाएको छ । र ८०/८१ मा १ सय जना भन्दा बढि अाजिवन सदस्य बनाउने लक्ष रहेको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।
गाउँपालिका अध्यक्ष यादवले कार्यक्रमको उदघाटन गर्दै भने नेपाल रेडक्रस सोसाईटी निश्वार्थ सेवा मुल्क संस्था हो। देशमा परेको बिपद परेको बेला समस्यालाई समयमा पुगेर निश्वार्थ भावनाले सेवा गर्ने भएकोले आफु यो संस्थालाई सहयोग गरेर अगाडि बढाउनमा जोड दिनु भएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कोषाध्यक्ष महन्थ यादवले भने यश संस्थालाई अफै अगाडि बढाउन रेडक्रसकर्मीहरुको सहयोगको जरुरी रहेको छ। जिल्लाबाट हुने सहयोग हामीहरु गर्छु तर स्थानिय स्तरबाट पनी सहयोग जरुरी रहेको बताए ।
कार्यक्रम महुवन रेडक्रस उपशाखाका सभापती यदु साहको सभापतित्वामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राजेश रौनिया,नेपाली काँग्रेसका नेता सलेन्द्र यादव ,कार्यपालिका सदस्य महादेव साह कलवार,अच्छेलाल साह,बिश्वनाथ चौधरी लगायतले सधारण सभाको प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा कार्यसमिति ,अाजिवन सदस्य ,सधारण ,सलाहकार सदस्य ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

