Rashtriya Dainik

जुनेली कृषि सहकारी संस्था लि. सुस्ता ५ को ११ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२१ पुस

जुनेली कृषि सहकारी संस्था लि. सुस्ता ५ पश्चिम नवलपरासीको ११ औं वार्षिक साधारणसभा अनुमाघाटमा शनिबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष बेइला कलवारको अध्यक्षता तथा सुस्ता गाउँपालिका वडा न.५ का वडाध्यक्ष प्रभुनाथ अहिरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि अहिरले सहकारीको विकासको लागि सबैमा आत्मविश्वास र इमान्दारीपुर्वक काम गर्ने प्रवृत्ति हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य जयप्रकाश जैसवाल,सञ्चारकर्मी आरपी उपाध्याय लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।
साधारणसभामा संस्थाको व्यवस्थापक प्रमिला धोबीले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक बिधाता यादवले जानकारी दिनुभएको छ।

संस्थाले गत आर्थिक वर्षमा ३६ लाख २८ हजार नाफा गर्न सफल भएको संस्थाले बताएको छ।
हाल संस्थामा कुल २४६ सेयर सदस्य रहेको जानकारी गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित