राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्राविधिक शिक्षातर्फ जोड दिनु पर्ने बताउनु भएको छ । प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन वृद्धिमा जोड दिईनु पर्ने चौधरीले बताउनु भयो ।
बर्दघाटमा रहेको राजा महात्मा पुर्णभद्र माबीको स्वर्ण महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै मुख्य मन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिकोको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो ।
आजका बिद्यार्थीको शिक्षाले नै देशको भोलिको भविष्य निर्क्यौल गर्ने भन्दै उहाँले सिपमुलक ब्यवहारिक शिक्षा पद्धति अंगाल्नु परेमा जोड दिनु भयो ।प्राविधिक शिक्षा मार्फत रोजगारी वृद्धि गर्ने उदेश्य सहित प्रदेश अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री चौधरीले अबको प्रतिस्पर्धा राजनीतिमा नभै बिकासमा हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।”अब सातवटै प्रदेशका मुख्यमन्त्री बिच कस्ले बढी बिकास गर्छ,को पहिला जनताको आगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा रहनु पर्ने बताउनु भयो ।”देशमै युवालाई महिनाको ३०/४० हजार कमाउने कसरी बनाउन सकिन्छ युवालाई देशमै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने चिन्तनका साथ दुईलाख जनशक्तिलाई रोजगारी दिने योजना अनुरुप काम अघि बढेको चौधरीले उल्लेख गर्नु भयो ।
“प्राविधिक शिक्षालाई जोड दिनुस योजना ल्याउनुस प्रदेश सरकारले के गर्नु पर्छ हामी प्रतिबद्ध छौ “उहाँले भन्नू भयो ।मुख्यमन्त्री चौधरीले तल्लो तहमा बिकास नभै पुर्ण रुपमा देश बिकसित हुन नसक्ने भन ग्रामिण स्तरमा बिकासको गति बढाउनु पर्नेमा जोड दिनु भयो ।

संघियताको बिषयमा समेत बोल्दै मुख्यमन्त्री चौधरीले जनतामा संघियताको मर्म नभुझ्दा निराशा छाएको उल्लेख गर्दै संविधानलाई पुर्ण कार्यान्वन गरी आवस्यक नीति निर्माणमा जोड दिनु पर्ने बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

