Rashtriya Dainik

त्रिवेणी बहुमुखी सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२१ पुस

त्रिवेणी बहुमुखी सहकारी संस्था कुडिया सुस्ता गाउँपालिका पश्चिम नवलपरासीको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष प्रेमचन्द्र गुप्ताको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले नवलपरासीकै पुरानो त्रिवेणी बहुमुखी सहकारी संस्था समय अनुसार नयाँ सोच र योजना अनुसार अगाडी बढ्नुपर्ने धारणा राख्दै सहकारी कर्मीहरुमा सहकारी भावना अनुसारको क्रियाकलाप हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा सहकारी विकास बैंक केन्द्रीय समितिका संस्थापक सदस्य एवं प्रतापपुर बहुमुखी सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेले सहकारी संस्थाहरुलाई कृयाशिल बनाउन सञ्चालक र कर्मचारीहरु बिच अन्तरसम्बन्ध बलियो बनाएर अगाडी बढ्न सुझाव दिनुभएको थियो।

साधारणसभामा सुस्ता गाउँपालिका वडा न.२ का वडाध्यक्ष कृष्णलाल मुखिया, वडा न.३ का वडाध्यक्ष हरिलाल दुषाद, संस्थाका पुर्व अध्यक्ष बुद्धिसागर उपाध्याय, नेपाली काङ्ग्रेसका नारायण पाण्डे, संस्थाका कोषाध्यक्ष रियाजुल अन्सारी लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक नारायण प्रसाद भण्डारीले जानकारी दिनुभएको छ।

सो अवसरमा लेखा संयोजक राम अवध गुप्ताले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको जानकारीमा आएको छ।
हाल संस्थामा ५९४ जना सेयर सदस्य रहेको संस्थाका व्यवस्थापक यज्ञ प्रसाद उपाध्यायले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित