Rashtriya Dainik

नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४ औं उपशाखा वार्षिक सधारण सभा

राजन कुमार बानिया / पर्सा ,२१ पुस

नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४ अौ उपशाखा वार्षिक सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उचागल उच माध्यमिक बिधालय पोखरियाको सभाहलमाभएको हो।

उपशाखा पोखरियाको सधारणमा २०७९/८० अाय ब्यय १७ लाख ५५ हजार चार सयतिरानबे रुपैयाको र २०८०/८१ को अनुमानित अाय,ब्यय २३ लाख ६१ हजार ५२ रुपैयाको बजेट प्रस्तुत उपशाखाको कोषाध्यक्ष अनिल गिरिले गर्नु भएको थियो।

यो अार्थिकमा पोखरिया रेडक्रस सोसाइटी उपशाखाको लागि जग्गा खरिद गर्नमा विशेष जोड रहेको कोषाध्यक्ष गिरिले जनाए । सधारण सभाको प्रमुख अतिथी रहनु भएका नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपाध्यक्ष भागवती प्रसाद चौधरीले कार्यक्रममा सम्बोधन गर्दै भने पोखरिया उपशाखाको लागि पहिला पनि सहयोग गरिएको हो र फेरि पनि सहयोग गरिने प्रतिबद्धता गर्नु भएको छ।

सधारण सभामा बोल्दै पुर्व मेयर दिपनारायण रौनियारले भने पोखरिया उपशाखा सहयोग र रोजगार बनाउन रक्तसंचार केन्द्र स्थापना गराउनमा जोड दिनु भएको हो। पोखरिया अस्पताल लाई ५० बेड यहि फाल्गुन भित्र हुन गईरहेकोले साथै रक्त संचार केन्द्र हुन जरुरी रहेको पुर्वमेयर रौनियारले बताए ।

उपशाखाको लागि पहिला देखि सहयोग गर्दै अाईरहेको थियो उपशाखाको जग्गा खरिद गर्नमा ५ हजार सहयोग गरिने उदघोष गरेका छन। कार्यक्रममा पुर्व उपमेयर सलमा खातुनले भनिन रेडक्रस उपशाखा पोखरियाको लागि सदस्यता बिस्तार गर्नु पर्यो र युवा ,महिला हरुलाई सदस्य बनाउन अाग्रह समेत गरिन। कार्यक्रममा नगर उपप्रमुख रुबी ठाकुरले भनिन रेडक्रस पोखरिया उपशाखा लाई सक्दो सहयोग गरिने प्रतिबद्धता गर्नु भएको हो।

कार्यक्रम पोखरिया रेडक्रस उपशाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतित्वामा सम्पन्न भएको थियो। कार्यक्रममा पुर्व एसएसपी सदान्न्द कुर्मी,डाक्टर वकिल मियाँ ,ललन दुबेदी, लगायतले सधारण सभाको प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा कार्यसमिति ,अाजिवन ,सधार ,सलाहकार सदस्य ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित