राजन कुमार बानिया/पर्सा, २१ पुस
मिजार समाज नेपाल, पोखराले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश,पर्साको अध्यक्ष मनोज रामलाई शनिबार सम्मानित गरेको छ।
एकताको चौधौं राष्ट्रिय सम्मेलनको अवसरमा मिजार समाज नेपालले पोखरा ह्वाइट हाउस पार्टीपैलेसमा आयोजना गरेको मिजार समाज नेपालको राष्ट्रिय सम्मेलन कार्यक्रममा मनोज रामले शिक्षा ,सामाजिक सेवा , दलित समुदायको बालबालिकाको शिक्षामा पहुँच , सामुदायिक न्याय सामाजिक रुपान्तरण , सामाजिक परिवर्तन , दलित समुदायको लागि सशक्तीकरण ,सामाजिक न्याय , दलित समुदायको सेवामा पुर्याएको योगदानको कदर गरि सम्मान गरिएको छ।
लामो समयसम्म , दलित समुदायको शिक्षा तथा सामाजिक क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पुर्याई दलित समुदायको परिवर्तनमा सक्रिय रहनुभएकोले उच्च मुल्यांकन गरि राष्ट्रिय सम्मेलन कार्यक्रममा दलित सामाजिक अभियान्ता मनोज रामलाई यस कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय माननीय मन्त्री सुशिला सिंखडाले दोसल्ला ओढाई सम्मान गर्नुभएको छ।
मनोज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट चिरपरिचित दलित सामाजिक अभियान्ता हुनु हुन्छ। विगत १५ वर्ष देखि पर्सा जिल्ला लगायत मधेश प्रदेशको जिल्ला र राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सक्रिय रहनुभएको छ। अहिले पर्सा जिल्लाको १००० बालबालिकाहरुलाई लक्षित गरि शिक्षा तथा बालबालिकाको लागि कार्य गरिरहनुएको छ। हाल सम्म मनोज रामले पर्सा जिल्लामा दलित समुदायको बालबालिकाको लागि शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षा , सिकाई सुधार , सामुदायिक परिवर्तन , कक्षा उतिर्णमा सुधार , शिक्षामा बानीको विकासको लागि समुदाय टोल बस्तीमा ५ स्थानमा सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्र संचालन गर्नुभएको छ।
यो अभियान बाट १००० बालबालिका लामभावित रहेकोे छ्न। शिक्षाबाट बन्चित , बिरामी परेकोलाई उपचार गराउने , खाद्यान्नको समस्या भएकोलाई खाद्यान्न सहयोग गर्ने गराउने , घर निर्माणमा सहयोग गर्ने , खानेपानीको लागि कल जडान गर्ने, दलित सशक्तीकरणको कार्य गर्ने , सामाजिक न्याय, सामुदायिक रुपान्तरणको लागि आवाज उठाउने तथा वकालत गर्ने, बालबालिकाको लागि कापीकलम , शैक्षिक सामग्री सहयोग गर्ने गराउने कार्य गर्दै आईरहनु भएको छ। विभिन्न सामाजिक कार्यमा उहाँको योगदान रहेकोे छ। पर्सा जिल्लामा स्थापित पिसफोर दलितस फाउन्डेसन नेपालको स्थापक अध्यक्ष पनि रहनुभएको छ।

मिजार समाज नेपालको एकताको चौधो राष्ट्रिय सम्मेलनको अध्यक्षता होम बहादुर नेपालीले गर्नुभएको छ , कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय माननीय मन्त्री सुशिला सिंखडा ज्युको प्रमुखअतिथिय्ता , विशेष अतिथि गोबिन्द नेपाली , विशेष अतिथि संविधान सभा पुर्व सदस्य दिल बहादुर नेपाली , राष्ट्रिय दलित आयोगको सदस्य सुन्दर पुर्कुटी, राष्ट्रिय सभाको पुर्व सांसद रामलखन हरिजन ,प्रदेश दलित सांसद, मिजार समुदायको अगुवा लगायतको उपस्तिथि रहेकोे थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

