उमेश बि.क / नवलपरासी ,२१ पुस
प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको छ । कार्यक्रम मार्फत हुने विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजना, भवन निर्माणमा महिलाको सहभागिता बढेको हो । विकास निर्माणमा सहभागी भएका महिलाहरूले आर्थिक उपलब्धि समेत हासिल गरेका छन् ।

पश्चिम नवलपरासीको सरावल गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आएको रकमको अधिक्तम उपयोग गरि सरसफाई,विकास निर्माण क्षेत्रमा काम गराउदै आएको छ । कम आन्तरिक स्रोत भएको गाउपालिकाले सिमित साधन स्रोतलाई अधिक्तम उपयोगमा ल्याउने गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको अनुदान रकमलाई नाला सरसफाइ ,नहर सफाई,धार्मिक तथा पर्यटकिय क्षेत्रको सरसफाईसँगै ब्यवस्थापन कार्यमा श्रमिक लगाउने कार्य गर्दै आएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभएको हाे ।

सबै भन्दा कम आन्तरिक आय स्रोत भएको पालिको सरावल गाउँपालिका रहेको बताउदै सरकारी अनुदानको अधिक्तम उपयोग गर्ने नीति लिएका जानकारी गराउनुभयाे ।
गाउपालिकाका जनताका लागी तोकिएर नै आएको रकम तोकिएकै शिर्षकमा खर्च हुने र त्यसको अधिक्तम उपयोग गर्ने गरिएको छ ।
सोही अनुसार अहिले रोजगार शाखा मार्फत स्थानिय बेरोजगार युवा,युवती,महिला बेरोजगारलाई समेत रोस्टर बनाएर काम गराउदै आएको बताउनुभयो ।

बेरोजगारलाई कम्तीमा पनि १ सय दिनको रोजगारी दिुनु पर्ने कार्यक्रम प्रधानमन्त्रि रोजगार कार्यक्रममा रहेको छ । ति सय दिनको रकम बेरोजगारलाई रोजगार र रोजगारलाई विकास निर्माण,सरसफाई आदी कार्य गराएर अधिक्तम उपयोगमा ल्याएको अध्यक्ष चौधरीले बताउनुभयो । केही वडामा कम बेरोजगार भएको र केही वडामा धेरै बेरोजगार हुदा पनि सम्बन्धित वडाकाे वडा अध्यक्षको समन्वयमा रोजगारीका लागि आउने सबै रकम खर्चिने गरिएको अध्यक्ष चौधरीको भनाई छ ।
यसले श्रमिकलाई श्रमको महत्व र गाउँपालिकाको विकासमा टेवा मिल्ने गरेको छ । स साना काम लागि छुट्टै विकास योजना दिन परेको छैन् । तिनै बेरोजगार मार्फत काम गराएर स्थानियबासीलाई रोजगारी मात्रै नभई विकासलाई सहजीकरण गरिएको छ । यसमा बेरोजगार महिलाहरु धेरै सहभागि रहेका छन् । गाँउमा युवाहरु बैदेशिक रोजगारमा गए पनि महिलाहरु ति प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएर त्यसको लाभ लिने गरेको बताउनुभयो ।

प्रत्येक बर्ष कम्तीमा १५ देखी २० लाखसम्म रकम आउने गरेको छ । १ सय दिनको रोजगारी उपलब्ध गराउदा प्रति ब्यतिmले कम्तीमा ५० हजार भन्दा बढि रकम श्रम गरेर पाउने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले केही योजनाका लागि करोड खर्च गर्नु पर्ने तर त्यस्ता कार्य लाख खर्चेर हुने गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

