Rashtriya Dainik

प्रदेश स्तरिय बाल अधिकार संजालको बैठकमा अनुभव आदानप्रदान

पार्वती आचार्य /कपिलवस्तु, २० पुस

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा प्रदेश स्तरिय बाल अधिकार संजालको बैठकमा अनुभव आदानप्रदान गरिएको छ ।

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका स्थित श्री रत्नराज्य लक्ष्मी मावि , श्री यशोधरा मावि र मायाँदेवी गाउँपालिकाको श्री छत्रपाली तिर्थादेवी मावि र श्री जनाता मावि बलुहवामा इन्सेकले गठन गरेको बाल अधिकार चेतना समूहका अध्यक्ष तथा सदस्यहरु , बिद्यालयका प्रधानाध्यापक र बाल संरक्षक शिक्षकहरु बिच अनुभव आदान प्रदान तथा अन्तरक्रिया तौलिहवामा सम्पन्न गरिएको हो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका उपसचिव हरि प्रसाद ज्ञवालीले सकारात्मक सन्देशका लागि इन्सेकले बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठन गरि उदाहरणीय कार्यहरु गर्दै आएको बताउनु भयो ।

बिद्यार्थीहरुलाई अवसर दिए बिद्यालय देखि नै परिवर्तन ल्याउन सक्ने बताउँदै समूहले सिकेको ज्ञानहरु बिद्यालयका अन्य बिद्यार्थीहरुलाई समेत सिकाउन आग्रह गर्दै बिद्यालयलाई गुणस्तरिय बनाउन शिक्षक , बिद्यार्थी , बिद्यालय व्यवस्थापन समिती र अभिभावक सबै जिम्मेवार हुनुपर्नेमा जोडभयो । नगरपालिकाका बिभिन्न बिद्यालयहरुको अवस्था र समस्या पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै इन्सेकले सहयोग समन्वय पुराउँदै आएको ज्ञवालीले बताउनु भयो ।
साथै उपसचिव ज्ञवालीले बाल अधिकार प्रवद्र्धनमा स्थानिय निकायको भूमिका , बाल अधिकार ,बाल अधिकारका आधारभूत क्षेत्रहरु , संरक्षित हुने अधिकार , बिकास गर्न पाउने अधिकार , सहभागि हुन पाउने अधिकार , बाल अधिकार संरक्षणमा शिक्षकको भूमिका , स्थानिय निकायको भूमिका र कलिवस्तु नगरपालिकाको नीती तथा कार्यक्रम लगाएको बिषयमा सहजीकरण गर्नुभएको थियो ।
यसैगरी यशोधरा माविका प्रधानाध्यापक बिनोद कुमार गुप्ताले बालबालिकाहरुको अन्तर निहित प्रतिभालाई बाहिर ल्याउन इन्सेकले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो । बिद्यालयमा केही समस्या भए भन्न सक्ने र स्थानियतह सम्म पुगेर आफ्नो अधिकारको बिषयमा बोल्न सक्ने भएको गुप्ताको भनाई छ ।
यस्तै छत्रपालि तिर्थादेवी माविका प्रधानाध्यापक नरेन्द्र बहादुर चौधरीले समूह गठन पश्चात बिद्यालयमा परिवर्तन आएको बताउनु भयो । बिद्यालय स्तरिय बिभिन्न अतिरिक्त गतिविधिहरुमा चासो दिनुको साथै सरसफाईमा ध्यान दिन थालेको बताउनु भयो । बालबालिकाहरुलाई बिभिन्न ज्ञानसिप दिने यस इन्सेकले बिभिन्न क्षेत्रको समेत अवलोक गराउन सके बिद्यार्थीहरुमा थप ज्ञानको बृद्धिहुने बिश्वास व्यक्त गर्नुभयो ।


यसैगरी रत्नराज्य लक्ष्मी माविका बाल संरक्षक शिक्षक रामशरण चौधरीले इन्सेकले बाल अधिकार चेतना समूह गठन गरी बिभिन्न क्रियाकलापहरु सिकाउँदै र सहजीकरण गर्दै आएको भन्दै धन्यवाद दिनुभयो । बिद्यालयको सरसफाई लगाएतका बिभिन्न बिषयमा इन्सेकले मार्गदर्शन दिएको छ भने पछिल्लो समयमा बिद्यालयमा परिवर्तन समेत आएको बताउँदै बालबालिकाको अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । इन्सेकको सहयोगमा बिद्यालय देखि समुदाय सम्म पुगेर लैगिंक बिभेद , वातावरण , शिक्षाको अधिकार लगाएतका बिषयमा सडक नाटक मार्फत बिभिन्न कार्यहरु गरिएको बताउनु भयो ।
बैठकमा बाल अधिकार प्रदेश संजालका अध्यक्ष तथा छत्रपाली तिर्थादेवी माविमा इन्सेकद्वारा गठित बालअधिकार चेतना समूहका अध्यक्ष राज कुमार धोवीले बिद्यालय स्तरिय समूहले बिद्यार्थीहरुको क्षमता बृद्धि भएको , आफ्ना हक अधिकारको बिषयमा जानकारी प्राप्त गरि सम्बन्धित निकायसंग माग गर्न सक्ने भएको बताउनु भयो । बिद्यालयका प्रधानाध्यापकसंग बिद्यार्थीहरुको समस्याहरुको बिषयमा माग राख्न , सरसफाईमा परिवर्तन , बिद्याथीहरुको लागि परिचय पत्रको व्यवस्थापन समेत भएको बताउनु भयो ।

समूले ०७९÷०८० मा योजना गरेका अभियानहरु मध्ये लैंगिक हिंसा , दाईजो प्रथा , छुवाछुत सम्बन्धि सडक नाटक , सरसफाई , भित्ते पत्रिका प्रकाशन , वातावरणको अधिकार , दाईजो बिरुद्धको अभियान संचालन गरिएको र बैठक , वडा अध्यक्ष , शिक्षा शाखा प्रमुख र बिद्यालयका प्रधानाध्यापकलाई बिभिन्न माग सहित ध्यानाकर्षण गराईएको बताउनु भयो ।
यस्तै जनता माविमा गठित बाल अधिकार चेतना समूहका अध्यक्ष सन्तोष यादव , रत्नराज्य लक्ष्मी माविमा गठित समूहका अध्यक्ष रीमा बेल्दार र यशोधरा माविमा गठित समूहका अध्यक्ष मन्सा कान्दुले इन्सेकको सहयोगमा बिद्यालय स्तरिय बिभिन्न क्रियाकलापहरुबाट बिद्यालयमा परिवर्तन आएको बताएका छन् । अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिईएको छ भने समूह गठन पश्चात बाल अधिकारको बिषयमा जान्ने , बुझ्ने र हक अधिकारको बिषयमा माग गर्न सक्ने क्षमता बृद्धि भएको अनुभव आदान प्रदान व्यक्त गरेका थिए ।


इन्सेक मानव अधिकार प्रदेश संजाल स्तरिय संयोजक पुष्पा रेग्मीको अध्यक्षतामा इन्सेक प्रतिनिधि पार्वती आचार्यको सहजीकरणमा सम्पन्न बैठक तथा अनुभव आदान प्रदान कार्यक्रममा शिक्षक कृष्ण गोपाल चौधरी , सुन्दरी कुर्मी , बाल अधिकार चेतना समूहका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित