काठमाडाैं । नेपाली विश्वचर्चित अन्तरार्ष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलले ब्लुज म्युजिक ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रुममा सांगितिक प्रस्तुति दिएर इतिहास रचेका छन् ।
पुस १४ गते भएकाे कार्यक्रममा बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए ।
अशेषले ९० मिनेटको अवधिमा आफ्ना मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म, आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू बजाेड प्रस्तुत गरेका थिए ।
आगामी सांगितिक प्रस्तुती क्यालिफोर्निया सक्काएर संयुक्त राज्य अमेरिका भ्रमण गरेर जनवरीमा आफ्नो मातृभूमि नेपालमा फर्किने कार्यक्रम रहेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

